माइक टाइसनको भविष्य बाणी म्यानी प्याकियाओले जित्ने

फाल्गुन ३० ,डिसी 

विजय थापा : खेल जगतको सबै भन्दा महँगो बकिसंग मे २ तारिखमा फिलिपिन्सका चर्चित मुड्कीवाज म्यानी प्याकियाओ तथा अमेरिकाका अपराजित मे वेदर बिच भिडन्त हुने भएको खबरले विश्वका करौडौ खेलप्रेमी तथा प्रशंसकहरु खुशीले झुमेका छन् ।

 म्यानी प्याकियाओले आठ वटा विभिन्न तौल समुहमा ईतिहास रचेका छन् भने मे वेदरले आफ्नो वजनमा अपराजित् भै ईतिहास रचेका छन् ।

म्यानी प्याकियाओ फिलिपिन्सबाट अमेरिका मार्चको पहिलो हप्तामा आई पुगेका छन् भने बन्द शिबिरमा भिषण प्रशिक्षण लिई रहेका छन् । सर्वेक्षणमा ज्यादा मानिसले म्यानी प्याकियाओले जित्ने मत दिने गरेको देखिएको छ ।

पूर्व हेवीवेट विश्व बिजेता माइक टाइसन म्यानी प्याकियाओका प्रसंशक हुन् । अधिकांस म्यानी प्याकियाओले जित्ने छन् भनि भबिश्य बाणी गर्दै आएका छन् ।

संचार माध्यममा उनले फेरी यो भिडन्तमा म्यानी प्याकियाओले जित्ने छन् भनि तर्क समेत प्रस्तुत गरेका छन् । अमेरिकामा रहेका पूर्व बक्सिङ्ग संग सम्बन्धित खेलाडीहरुसंग लिइएको प्रतिक्रियामा अधिकांसले म्यानी प्याकियाओको पक्षमा मत दिएका छन् भने आंशिकले मे वेदरले जित्ने छन् भनि भबिष्यबाणी गरेका छन् ।

माइक टाइसन भन्छन म्यानी प्याकियाओले फरक शैलीगत रुपमा खेल्ने हुनाले त्यो उनलाई फाईदा छ l मेरो बिचारमा म्यानी प्याकियाओ बिजयी हुने छन्  । प्याकियाओको अनवरत गति छ ,शक्ति छ सधै प्रहार गरि रहन्छन । र ,कहिले बिश्राम गर्दैनन् ।

तर मे वेदर पनि राम्रा छन् तर प्याकियाओ जति मुक्का प्रहार गर्न सक्दैनन् तर म्यानी प्रत्येक घन्टी सयौ प्रहार बर्साउन सक्छन । यसै गरि म्यानी प्याकियाओ संग पराजित भएका अस्कार डेला होयाले पनि म्यानी प्याकियाओले जित्ने भबिष्य बाणी गरेका छन् ।

अमेरिकामा खेलिने बिश्व कै सबै भन्दा खतरा तथा डरलाग्दो युएफसीकि आफ्नो तौलकि सर्ब श्रेष्ठ अपराजित बिजेता रोंडा रुसीले पनि म्यानी प्याकियाओको पक्षमा भबिश्य बाणी गरेकी छिन् भने हेर्न मन लागेको बताएकी छिन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com