काठमाण्डु फागुन २३,
बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्रका “रवीन्द्र मिश्रका कविता” नेपाल प्रज्ञा भवनको डबलीमा फागुन २३ गते शनिबार अनौपचारिक समारोहमा सर्वाजनिकरण गरियो । यो पुस्तक फाइन प्रिन्टले बजारमा लेराएको हो. फाइन प्रिन्टका अजित बरालले मिश्रका कविता किन प्रकाशन गरियो भन्ने बारेमा बोलेका थिए ।
डबलीमा थुप्रै प्रशंसक र कविता प्रेमीहरु थिए. महिला दिवसको सेरोफेरोमा यो पुस्तक बाहिर आएको छ. “कविता पढिन्न र बुझिन्न” भन्ने दुई महिलाहरुको हातबाट पुस्तक विमोचन गरिएको थियो ।
ती भाग्यमानी महिलाहरु थिए जीवन र नविना ।
मिश्रले पुस्तकमा नछापिएको “आमा” शिर्षकको कविता सुनाएका थिए. समारोहमा उपस्थित आमालाईनै समर्पण गरिएको कविताले धेरै ताली पायो ।
यसैगरी जीवन संगिनी लाई समर्पण गरिएको कविता “तिमी भएनौ भने” सङ्ग्रहबाट सुनाएका थिए.
करिब एक दर्जन कविता उनले सुनाएका थिए । डा सनत कुमार वस्तीले “मिश्रका कविता – हृदयको उज्यालो अनुहार भरि छरेर/ सोजो भाकामा सरल कुरा गरेर / पद-पदमा गहिरो भाव भरेर केहि कुरा आफै भन्न आघि सरेर ख्याल ख्यालैमा भावकको मन हरेर दिलमा छाइरहन्छन्” भने ।
अर्का कवि बुद्धि सागरले मिश्रका लेखन बारे चर्चा गरेका थिए । कार्यक्रममा वरिस्ठ कवि, गीतकार, मंजुल , अभि सुबेदी , भाषाशास्त्री शरच्चन्द्र वस्ती , कवि दिनेश अधिकारी, गीतकार रमण घिमीरे, कवि गीता त्रिपाठी लगायत थुप्रै साहित्यकारहरुको जमघट रहेको थियो ।
कार्यक्रम संचालन कवि तथा पत्रकार नवराज लम्सालले गरेका थिए । (शब्दपथ बाट साभार)
रबिन्द्र मिश्रको भनाइ....
म के भनुँ !
आज प्रज्ञा प्रतिष्ठानको डबलीमा कविता सुन्न र कविताको किताव किन्न टाडा-टाडाबाट जसरी तपाईहरू आइदिनु भयो र एक दर्जनभन्दा बढी कविता सुनाउँदा पनि मलाई हौस्याइ रहनुभयो, त्यसका लागि आभार प्रकट गर्ने मसँग कुनै शब्द नै छैन।
उपन्यास पढ्ने तर कवितामा रूचि नराख्ने दर्शकहरु मध्येका दुईजनाबाट कविता संग्रह विमोचन गराइएको थियो। त्यस्ता पाठकको पनि कवितामा चासो बढोस् भन्ने उद्देश्यले। सो कार्यलाई पनि तपाईहरूले मन पराइदिनुभएकोमा औधि खुशी छु।