चेपाब केन्द्रलाई फलामे खाट सहयोग

रत्ननगर १५ चैत,

रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाब संरक्षण केन्द्रमा आश्रित चेपाब वालवालिकाका लागि ८ वटा फलामे खाट सहयोग भएको छ । एजुकेशन नेपाल इनिसेएटिभ नामक सस्थालाई ८८ हजार बरावरको ८ थान खाट सहयोग गर ेको हो ।

संस्थामा अध्यक्ष धु्रव अधिकारी र सचिव अनित ढकाल केन्द्रमै पुगे र अध्यक्ष केपिकिरण शर्मालाई फलामे खाट खरिदको लागि ८८ हजार रुपै या हस्तान्तरण गरेका थिए । त्यसैगरी नेपाल माडवारी सेवा परिषदका केन्द्र ीय उपाध्यक्ष उमाशंकर अग्रवालले केन्द्र परिसरमा निर्माण गरिएको सरस्वती मन्दिरको लागि ११ हजार १ सय ११ र खाद्यान्न खरिदको लाथि ११ हजार १ सय ११ सहयोग गरेका छन ।

त्यसैगरी केन्द्रमा आश्रय लिएर सीएमए अध्ययन पुरा गरेकी काउलेकी सर्मिला चेपाबले सिटीइभिटीद्वारा लिईएको स्टफ नर्सको प्रवेश परीक्षा उत्तिर्ण गरेकी छन । व्यवसायी हरि कृष्णको सहयोगमा केन्द्र मै रहेर उनले स्टाफ नर्स अध्ययन गर्ने अध्यक्ष शर्माले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com