एकै गाउँका ६ बेपत्ता भएपछी

डोल्पा, २६ फागुन,

माझफाल गाविस वडा नं ९ ताली गाउँका छ जना यही फागुन ११ गतेदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३० वर्षीय याम बुढा, ३२ वर्षीय रुद्र बुढा, २४ वर्षीय रामकुमार बुढा, १९ वर्षीय दीर्घ बुढा, २२ वर्षीय कान्छा महतारा र २८ वर्षीय धीरेन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहानै घरबाट रुकुममा रहेका आफन्त भेट्न जान्छौँ भनेर रुपपाटन लेकको बाटो हुँदै निस्केका उनीहरुको अहिलेसम्म पनि केही खबर नआएको आफन्तको भनाइ छ । बेपत्ता भएको १५ दिन बितिसक्दा पनि अहिलेसम्म कुनै पनि निकायबाट उद्धार हुनसकेको छैन ।

उनीहरु निस्किएलगत्तै भारी वर्षा र हिमपात परेकाले उनीहरु जीवित नभएको अधिकांश सर्वसाधारण बताउँछन् । सो ठाउँमा आठदेखि १० फिसम्म हिमपात भएकाले उक्त ठाउँमा मान्छे जाने अवस्था नभएकाले उद्धारका लागि आफन्तजनले सम्बन्धित निकायमा माग गरेका छन् । उनीहरु रुकुममा रहेका आफन्तकहाँ पनि नपुगेको बताइएको छ । छिमेकी गाउँका मानिसले भने उनीहरु सिकार खेल्न लेकतिर गएको बताएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com