दक्षिण कोरियामा अमेरिकी राजदूतमाथि आक्रमण

काठमाडौं फागुन २१,

दक्षिण कोरियामा अमेरिकी राजदूतमाथि बिहीबार बिहान आक्रमण भएको छ । खाना खाइरहेको समयमा दक्षिण कोरियाका लागि अमेरिकी राजदूत मार्क लिपर्टमाथि एक व्यक्ति ब्लेडले आक्रमण गरेका हुन् ।

सियोलस्थित होटलमा खाना खाइरहेका बेला बिहीबार बिहान सात बजेर ४० मिनेटमा ४२ वर्षीय लिपर्टको देब्रे हात एक व्यक्तिले ब्लेडले काटिदिएका हुन् । ब्लेड हात काटिदिएपछि लिर्पट रक्ताम्य भएका थिए । घटनापछि लिपर्टलार्इ तत्कालै अस्पताल लगेर उपचार गरिएको छ ।

हमलामा संलग्न व्यक्ति ५५ वर्षीय एक कोरियन नागरिक नै रहेका छन् । घटनापछि प्रहरीले ती हमलाकारी लार्इ प्रहरीले तत्कालै हिरासतमा लिएको छ । अमेरिकी विदेश मन्त्रालयले लिपर्टको चोटले उनको ज्यानलार्इ कुनै खतरा नरहेको जानकारी गराउँदै घटनाको निन्दा गरेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजदूतलार्इ आक्रमण गर्ने क्रममा ती ब्यक्तिले चिच्याउँदै उत्तर र दक्षिण कोरियाको एकीकरण हुनुपर्ने नारा लगाएका थिए । हमला गर्ने क्रममा उनले दक्षिण कोरिया र अमेरिकाबीच भइरहेको सैन्य अभ्यासको पनि विरोध गरेका थिए ।

दुर्इ देशबीच हाल पनि सैन्य अभ्यास जारी रहेको छ । हमलामा संलग्न ब्यक्ति उत्तर कोरियाका एजेन्ट भएको बारे कुनै सबुत नभेटिएको बिबिसीले उल्लेख गरेको छ । एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com