हामीलाई सक्दो सहयोग गर्नुहोस ! निरन्तर देश निर्माणमा जुटीरहने छौं !!

काठमान्डू फागुन २४,

आदरणीय मान्यजन तथा प्यारा साथीहरु , सबैमा मेरो  हृदयदेखिनै नमस्कार।  म बिष्णु गौतम , आफ्नो व्यक्तिगत  तथा लक्ष्मी प्रतिस्ठानकोको  तर्फबाट  सबैसंग सहकार्य  तथा सहयोगको  अपेक्षा गर्दै यो अपिल लेखि रहेको छु।

यहाँहरुलाई विदितै छ लक्ष्मी प्रतिष्ठान  अत्यन्तै  संवेदनशील अबस्थामा स्थापित मेमोरियल सस्था हो।  दुई  जना  जवान   छोराहरुको अल्पायुमै  मृत्यु भएपछी , जीवन र जगतको सत्य जन्म  पछि हुने -मृत्युको यथार्थलाई  स्विकार्नुको विकल्प नहुने देखी उनीहरुसंग बिछोडीनुको पिडालाइ  शक्तिमा रुपान्तरणगर्दै थुप्रै दु:खी जीवनहरुलाई सहज बनाएर  उनीहरुको  अनुहारमा आफ़ुलॆ गुमाएका छोराहरुको विम्ब हेर्न सकिने र  त्यहिनै उनीहरुप्रति सच्चा श्रद्धान्जली समेत हुने विश्वास साथ प्रतिष्ठान  स्थापना गरिएको हो।

स्थापनकालदेखी हालसम्म प्रतिष्ठानले कठिनमा परेका थुप्रै   जीवनहरुलाई  सहज बनाई आफ्नो कर्म  अगाडी  बढाईरहेको छ।   शिक्षा ,स्वास्थ ,सिप ,महिला  सशाक्तिकरण  ,सडक  सुरक्षा आदि यसका कार्यक्षेत्र  तोकिएकाछन्  । काभ्रे ,सिन्धुपाल्चोक ,सिन्धुली,नुवाकोट,गुल्मी,म्याग्दी, जस्ता क्षेत्रका  दुखीहरुको आँगनमा पुगी मानवीय कर्म गर्नु   देखी काभ्रे,काठमाडौँ ,भक्तपुर,  ललितपुर तथा पर्सा  ( बिरगंज ) का सडकमा दुर्घटना न्युनिकरनका कार्यक्रम समेत गर्दै  चितवन जिल्लाको  लोथर   र कोराक भिडिसी अन्तर्गतपर्ने  कान्दा  , ब्लेतेस,ज्यार्वाङ्ग ,तौसिलिंग, बाउन्सिलिङ्ग,  माथिल्लो कान्दा,   मैदान डांडा जस्ता  थुप्रै  ठाउँहरुमा बसोबास गर्दै आएका  सिमान्तकृत गरिब चेपाङ्गहरुको  रुपान्तरहेतु, बसोबासको  व्यबस्था देखि शिक्षा  स्वास्थ्य  र जीवनयापनका  सम्पूर्ण आधार जोडिएको "कान्दा रुपान्तरण अभियान"  जस्ता योजना संचालन गरिरहेको छ।   आजको २१ शताब्दीको युगमा पनि चेपाङ्गहरुका  बालबालिकाहरुले भरपेट खाएर र  बिद्यालय  पोशाक लगाएर   स्कुल जान  नसकेका अवस्थालाई मध्यनजरगरी उनीहरु कारुणिक कथाबाट प्रभावित हुदै  सयौं गरीब  बालबालिकाहरुलाई कुमार बलराम स्मृति  छात्रवासमा  राखी निशुल्क खान बस्न सुवीधा  मिलाई  कान्देश्वरी राष्ट्रिय प्राथिमिक विद्यालयमा पठन पाठनको गर्ने व्यवस्था समेत मिलाएरहेका छौ । यसकालागी प्रतिश्ठान  मार्फत ठुलो धनराशी खर्चपनि  भइनै  रहेको छ.।

 हामीलाई असाध्यै  गौरवछ !  यस्ता धेरै कार्यक्रमहरु अगाडी बढाउन हिजोका दिन  हामि  बाबु आमाको  ठुलै योगदानरहेपनि  , यतिबेला  सहयोगी मनहरुले  बैदेशिक भुमिमा  आफ्नो पशिनाको कमाईबाट ,  हामीलाई सप्रेम पठाउनु भएको  सहयोगनै महत्वपूर्ण रहदै आएकोछ ,साथमा सेवाग्राहीहरुको योगदान र सहकार्य प्रति हामी गौरावन्वित छौ।  यतिखेर  हामी  एक्लै अगाडी बढेका छैनौ , सयौं सेवाग्राहीहरुको पनि  उतिकै योगदान पाएकाछौ भने यसका अलावा प्रतिष्ठानका सदश्यहरु,तथा कर्मनिष्ट कर्मचारीहरुको सच्चा सेवाभाव र सहयोगी  स्वयं सेवकहरुको सहभागिताकोपनि  उतिकै  महत्वपूर्ण भुमिका छ । यसरी प्रतिष्ठानले   बहुपक्षीय सहकार्यम एकदम थोरै ओभरहेड कस्ट र  कम कार्यसम्पादन  खर्च,अनि   निशुल्क घरभाडा आदिको  संयोजनबाट दाताहरुबाट प्राप्त रकमको झन्डै ८५% प्रतिशत रकम  लक्षित योजनमा लगानी गरि उपलब्धी  हासिल गर्न सफल भएका छौं  ।   यहि कारणले लक्ष्मी प्रतिष्ठानले छोटो  समयमा पनि  धेरै कामगर्न सफल भएको हो भन्ने हाम्रो बुझाई रहेको छ।

 हालसम्म प्रष्ट देखिनेगरी लक्ष्मी प्रतिष्ठानले,   काभ्रेको अनेकोटमा एउटा  बिद्यालय बनाएको छ,  सिपाघाटमा एउटा सामुदायीक स्वास्थ्य केन्द्र संचालन गरिरहेको छ,भने  विभिन्न बिध्यलयहरुमा पुस्तकालय , शौचालय निर्माण  ,सफा पिउने पानी लगायत   कम्पुटर आदिको  व्यबस्था ,गर्दै आएको छ '। ५ बर्षको अवधिमा प्रतिष्ठानले , सयौं गरिब बिध्यर्थिहरुकोलागी युनिफोर्म,स्कुल ब्याग जुता  मसलन्द आदि  उपलब्ध गर्दै आएकोछ  भने सयौं युवाहरुलाई दक्ष सिप हसिलगरी आत्मनिर्भर बनाउनकालागी  सिकर्मी ,डकर्मी, जुत्ता सिलाइ ,कपडा सिलाइ.विधुत जडान , रंग रोगन ,सौन्दर्य प्रशाधन तालिम लगायत सवारी चालक ,कम्पुटर शिक्षा ,पशुपालन,तरकारीखेती, फलफुल खेती जस्ता प्रशस्तै तालिमहरु उपलब्ध गराइसकेको छ.। 

विशेष कार्यक्रमका रुपाम   यतिखेर चितवनको कान्दा क्षेत्रमा गरिब चेपाङ्गहरुकालागी थुप्रै  घर निर्माण गरिरहेका छ  भने हजारौ  गरिबले आफ्नो नाङ्गो अंग प्राप्त कपडाले ढाक्न पाएकाछन, भाँडाको अभावमा पातमा खादै आएकाहरूको  विवशता हटेको छ, भाँडामा खान पाएकाछन भने  ओड्नीको  अभावमा बिचमा आगो बालेर लस्करै पल्टनेहरु  कम्बल ओडेर सुत्न थालेकाछन, पैसाको अभावमा मट्टीतेल सम्म किन्न नसक्दा दुखीमनले अन्धकारमै बस्न बाध्य चेपाङ्गहरु प्रतिष्ठानको प्रयाशमा सोलारको उज्यालोमा बस्न पाउँदा पुलकित देखिन्छन।  यतिखेर कान्दालिहरुका  बारीमा विभिन्न जातका फलफूलका बिरुवा हुर्कदैछन, आलु तथा सिमि खेतीबाट आय आर्जन पनि सुरु भएको  अवस्था छ त  चेपाङ्गहरुका  बालबालिकाहरुकोलागि आगामी सेशनदेखी संचालन गरिनेगरी ११ ब्लक को सुविधायुक्त छात्रावास   निर्माणको  अन्तिम चरणमा छ।  आजसम्म  आठ्घंटा  हिडेर पुग्नुपर्ने कान्दामा प्रतिष्ठानकै पहलमा राष्ट्रिय योजना आयोग मार्फत कच्ची सडक निर्माण भैरहेको छ भने आज सम्म संचार सेवाबाट टाढा रहेको कंदामा केहि महिनामै एन टि सीले टावर जडान गर्दैछ र संचारसेवा  जोडिनुको साथै इन्टरनेट सेवा मार्फत संसारसंगै कान्दा  पनि जोडिने छ.। 

प्रतिष्ठानले   सडक दुर्घटना न्युनिकरनकालागिका विभिन्न कलेजहरुमा प्रशस्तै चेतनामुलक कार्यहरु  गर्दै आएका छौं, दुर्घटनाको एउटा कारणमध्य  धमिला रोड डिभाईडरहरु रंगाई अध्यारोमा चम्किने प्प्रतिष्ठान  अंकित चम्किला  स्टीकरहरु हजारौंका संख्यामा टाँसगरी  सकेकाछौं।   तिलगंगा  आँखा अस्पतालसँग सहकार्यगर्दै थुप्रै  निशुल्क आँखा शिविरहरु संचालन  गरिसकेकछौ,जसबाट  सयौं  बृद्ध बृद्धाहरुले   मोतियाँ बिन्दुको  निशुल्क अप्रेशनसेवा पाउँदा  आफ्नो गुमेको दृष्टि पुन: प्राप्त गरिसक्नुभएको छ । हाम्रो बुझाईमा यस्ता कर्महरुले प्रतिष्ठानका दाताहरुले ठुलो पुण्य प्राप्त गर्नु भएको छ भने हामीले सफलता हासिल गरेकोकाछौं।

यतिबेला लक्ष्मी प्रतिष्ठानले कान्दा  रुपान्तरण अभियान संगै जोडेर र रोजगारीको अभावमा   दैनिक  सत्र सय भन्दा बढी युवाहरु विभिन्न देशमा पलायन  हुने गरेको तितो यथार्थलाइ मध्यनजर गरेर , देशमा रहेको  पर्यटन विकाशको अथाह श्रोत , तेश्रो मुलुकहरुबाट भित्रिने ,आन्तरिकरुपमा परिचालित गर्न सकिने तथा    विश्वकै  १ तिहाई मनिशहरु बस्ने चिन र भारतबाट पर्यटकहरु भित्र्यौनसके  ,नेपाललाई ठुलो पर्यटकीय गन्तब्य बनाउन सके देश भित्रै रोजगारी उपलब्ध हुनगई   , दिनहु रोजागारिकोलागी  बाहिरिनेहरुको संख्या घट्ने  बिश्वास लिएको छ.। यहि मर्म अनुसार , राष्ट्रिय पहिचान बोकेका सिमान्तकृत चेपाङ्गसमुदायको र ती क्षेत्रमाहरुमा भएका प्रकृतिका  विशिष्टताहरुलाई प्रयोग गर्दै , उनिहरुकालागी निर्माण गरिदैगरेका घरहरुको ,उनिहरुलाइनै परिचलनगरेर  ,होम्स्टे पर्यटनको  विषेस योजना समेत अगाडी बढाईरहेको छ । यदि यसो गर्न सकिएमा आज  ओडारमा बसेका हाम्रा दाजुभाई तथा  दिदि बहिनीहरुलाई भोलिकादीन   पर्यटन ब्यबसायी बनाउन सकिने बिश्वास  हामीले लिएका छौ ।

आदरणीय महानुभावहरु ,लक्ष्मी प्रतिष्ठानले विभिन्न ठाउँमा गर्दै आएका योजनालाइ अलि घटाई , यतिखेर   जुझारुरुपमा चितवनका चेपाङ्ग बस्तिहरुमा माथिका योजनासहित त्यहाँ गर्नु पर्ने कामहरु  द्रुत्तरुपमा अगाडी बढाइरहेकोछ भने अझै  त्यहाँ गर्नुपर्ने कामहरु थुप्रैछन । ,भौगोलिक विकटता रहेको ठाउँमा संचालित योजनाहरु, आर्थिक कारणले  अगाडी बढाउन  एकदमै कठिन भैरहेको जानकारी गराउदै , हामीलाई  जति सक्दो  छिट्टो सहयोग उपलब्ध गराई  योजना कार्यन्वयनमा मद्धत  गर्नुहुन  अनुरोध गर्दछु । हामीले बिश्वास लिएकाछौ हिजो ,अस्ति जस्तै गरी   अब पनि हाम्रो योजना अगाडी बढाउन हजुरले मद्धत गर्नुहुनेछ र चालु योजना निरंतर अगाडी बढीनैरहनेछन।हिजो सम्म अभावै आभावमा जिईरहेका सिमान्तकृत चेपाङ्गहरुका  वस्ती भोलिकादीन हामी सबैले संसारको जुनसुकै ठाउँमा बसेर, हाम्रो  समुन्नत कान्दा! हाम्रो नेपाल !! भनेर गौरव गर्न सकौ 'भन्ने अठोट  सहित काम  गरिनेछ भन्ने प्रतिज्ञा गर्दछु।    धन्यबाद !

लक्ष्मी प्रतिष्ठानलाई किन सहयोग गर्ने ?
 लक्ष्मी प्रतिष्ठान एकै बाबु आमाका छोराहरु , स्वर्गीय  कुमार तथा  बलराम गौतमको सम्झनामा उनीहरुका जन्मदाता  तथा आफन्तहरुले  दिवंगतहरुलाई सच्चा श्रद्धान्जली स्वरुप स्थापना गरीएको  संस्था  हो र यसले कुनै पनि   रंग, जात, धर्म, लिङ्गको भेदभाव नराखी कुनैपनिधार्मिक तथा  राजनैतिक दर्शनबाट निर्देशितनभई केवल मानवियताकोलागीमात्र  काम गरिरहेको छ/गरिरहनेछ। यसका  संस्थापकहरुले अनुचित लाभ लिनकालागीनभई सुरुकादिनमा , आफैले पचासौ लाख खर्च गरेर यसका गतिविधि अगाडी बढाएको संस्था भएको हुनाले पारदर्शिता यसको मुलमन्त्र रहेको छ  ।
लक्ष्मी प्रतिष्ठानमा कसरी सहभागी हुने ?
कार्यक्रमहरु प्रायोजन गरेर।
आफुले चाहेको चन्दा सहयोग गरेर।
भौतिक रुपमा फिल्डमा उपस्थितभई सेवामा सहभागी भएर।
यसले आव्वाहन गरेका कल्याणकारी प्याकेजहरुमा सहभागी भएर।
प्रतिष्ठानको  सदस्यतालिई ,यसको बिस्तारमा सहभागी भएर ।
विदेशमा भए यसको  प्रतिनिधि बनि  प्रतिष्ठानलाई लाभ पुर्याएर।
लक्ष्मी प्रतिष्ठानलाई कसरी सहयोग गर्न सकिन्छ?
नेपाल इन्भेष्टमेन्ट बैंकको बतिसपुतली साखामा रहेको लक्ष्मी प्रतिष्ठानको
 AC NO.01902050250184 मा रकम जम्मा गरेर वा
 प्रतिष्ठानको कार्यालय तिलगंगामा प्रत्यक्ष उपस्थित भएर वा
 प्रतिष्ठानको ईमेल :- info@laxmipratisthan.org वा
  laxmipratisthan@gmail.com मा मेल गरेर वा
 लक्ष्मी प्रतिष्ठानको वेब साईटमा रहेको  http://www.laxmipratisthan.org/donation.html  लिंक मा गएर  सहयोग गर्न सकिने छ तर यो लिंक प्रयोग गर्न  क्रेडिट कार्ड आबस्यक पर्दछ ।
लक्ष्मी प्रतिष्ठानको सदस्यता लिन के गर्नु पर्छ ?
लक्ष्मी प्रतिष्ठानको कार्यालयमा  उपस्थित भएर ,फारमभरी सदस्यता शुल्क बुझाएर वा
 प्रतिष्ठानको ईमेल :- info@laxmipratisthan.org वा
  laxmipratisthan@gmail.com मा मेल गरेर फर्म  मगाई सदस्यता शुल्क पठाएर
प्रतिष्ठानको  सदस्यता प्राप्त गर्न सकिनेछ  भने , विदेशमा भए क्रेडिट कार्ड मार्फत यो लिंक  http://www.laxmipratisthan.org/signup-mem.php   बाट
 फारम भरेर आबस्यक सुल्क बुझाई प्रतिष्ठानको  सदस्यता प्राप्त गर्न सकिनेछ । लक्ष्मी प्रतिष्ठान र यसका गतिविधि हेर्नकोलागि कृपागरी http://www.laxmipratisthan.org/ खोल्नुहुन अनुरोध गर्दछु।
  थप जनाकरिकालागी फोन नाम- ४४९२४३९, ४४८९४८१ तथा मेरो मोबाइल न ;-९८५११७१४७०
नोट:- लक्ष्मी प्रतिष्ठानको सदस्यता लिनको लागी १६ वर्ष , पुरागरी कुनैपनि फौजदारी अभियोगमा  नमुछिएको र राजनीतिक पार्टीको सक्रिय सदस्य नरहेको  हुनुपर्ने । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com