पाठेघर खसेका महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर

इलाम, २ चैत ,

पाठेघर खसेका महिलाका लागि जिल्ला अस्पताल इलामले भोलि निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गर्ने भएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपाका महिला विशेषज्ञद्वारा पाठेघरसम्बन्धी जुनसुकै समस्यामा परेका महिलालाई निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ । आगामी चैत ८ गतेसम्म जिल्ला अस्पतालमा आयोजना गरिने शिविरमा ५० जना महिलालाई सेवा दिने लक्ष्य राखेको जिल्ला स्वास्थ्य कार्यालय इलामकी अनमी सरिता सुब्बाले जानकारी दिए ।

उक्त शिविरलाई जिल्ला विकास समिति र सूर्योदय नगरपालिका फिक्कलको समन्वय रहने जनाइएको छ । शिविरमा शल्यक्रिया गरिएका महिलालाई यातायात भत्ताबापत रु एक÷एक हजारसमेत दिइने जनाइएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com