भाटा शान्ति या अशान्तिको प्रतिक

भाटा शान्तिको प्रतिक या अशान्तिको प्रतिक ? यक्ष प्रश्न सरोकार वालालाई छ । नेपालको ईतिहासमा सबै भन्दा ज्यादा भाटा शब्दको प्रयोग बिगत १० बर्षे जनयुद्ध कालमा भयो ।  यो भन्दा अगाडी पनि भाटा शब्द र भाटाको प्रयोग नभएको भने चै हैन ।

युगौ युग देखि लट्ठी या भाटा अस्तित्वमा थियो तर संचार माध्यमको कारण भाटा सर्वहारा वर्गको उत्थानको लागि चलाईएको जनयद्धकालमा शिखरमा पुग्यो  । १० बर्षे जन युद्धकालमा यस्को प्रयोग भन्दा पनि दुरूप्रयोग ज्यादा मात्रामा भयो । काचो बाँसबाट लौरोको बनाईएको वस्तु भाटा हो । बाँसबाट बनेको भाटा अन्य वस्तु भन्दा ज्यादा चर्चित एकाएक भयो । निर्दोष जनता पनि यसको शिकार हुन् पुगेको समाचार संचार माध्यममा पढियो  । भाटाको शक्तिले मानिस कति तह लागे यसको तथ्यांक कुनै निकाय संग छैन ।

भाटा शब्द आउने बित्तिकै सन्त्रास पनि हुने अवस्था आएको थियो । कारण जो सुकैले पनि भाटा प्रहार गर्न सक्ने या कसैलाई भाटा प्रहार खाने अवस्था थियो ।
 
युगौ युग देखि भाटाको प्रयोग भएको हुनु पर्दछ । भगवान कृष्ण तथा राम भगवानले पनि यहि बाँसबाट तीर बनाए । राम चन्द्र भगवानले श्रीलंका आक्रमण गर्दा बादर सेनाले तत्कालिन समयमा लट्ठी या भाटा पनि प्रयोग गरेका थिए ।
 
भाटा कहिले पनि नराम्रो वस्तु हैन ,सदुप्रयोग भयो भने जय जयकार हुन्छ दुरुप्रयोग भयो भने तिरस्कार हुन्छ ।भाटाको प्रयोग बिभिन्न अवस्थामा प्रयोग गरिन्छ । भाटा बिसेष गरि पशु वर्गलाई बजार्न प्रयोग गरिन्छ ।
 
उहिलेका शिक्षकहरुले भाटाको प्रयोग खुब गर्थे र त्यसको शिकार यो पंक्तिकार पनि भएको छ । आफुले पनि भाटाको प्रयोग गरेको छु भन्नु पर्दा दुख लाग्दैन । आफुले पनि भाटा प्रहार खाएको छु ,गुरु र अभिभावकबाट ।भुस्याहा कुकर र अटेरी गाई गोरुलाई तह लगाउने गरि आफुले पनि यसको प्रयोग गरेको छु  ।  त्यो पनि बाल्यावस्थामा ।
 
बाख्रा चराउन होस् या गाई वस्तु या अन्य जनावरलाई तर्साउन बोकिने चिज यो भाटा मान्छेमा प्रयोग हुँदा मानवता रहदैन । पशु ब्यबहार ठहरिन्छ । आत्म रक्षाको लागि यो भाटाको ठुलो भूमिका रहन्छ ।

तर बिरोधको नाममा खुलेआम यसरी भाटाको प्रयोग भयो भने समाज भयभित हुन्छ । सकरात्मक भन्दा नकारात्मक संदेश जान्छ । लट्ठी र भाटाको प्रदर्शन द्वारा सहमतिमा संविधान निर्माणका लागि सत्तापक्षमाथि दबाब दिने मोर्चाले दाबी गरेका छन् ।
 
ईतिहासमा भाटा कहिले यति चर्चाको शिखरमा पुगेको थिएन । २०५२ साल देखि यसले चर्चा बटुल्यो । निक्कै बर्ष सम्म अधिपत्य पनि जमायो र भाटाको अस्तित्व लगभग समाप्त भै सकेको अवस्थामा हातमा धारिला भाटा बोकेर एमाओवादी युवा दस्ता वाइसिएलले मंगलबार राजधानीमा जुलुस निकाले पछि फेरी अचानक चर्चाको शिखरमा पुग्यो ।
 
भाटाको अस्तित्व जिवितै छ बन्ने पुष्टी गरि दियो । त्यसले नागरिक स्वतन्त्रता पूर्णबहाली गर्ने भन्दा बलको भरमा राजनीति गर्ने एमाओवादीको मिचाहापन हो कि भन्ने कुरा फेरि आम नागरिकले सोच्न बाध्य हुने अवस्था देखाएको छ ।
 
नागरिकले चौतर्फी व्यापक विरोध गरे पछि भाटा बोकेर जुलुस गर्न दिने छैन भनि गृह मन्त्रालयले छापा बिज्ञप्ति जारी गर्यो । २०६३ सालको दोश्रो जन आन्दोलनमा समेत भाटाको प्रयोग नगरी राजतन्त्र फ्याक्न सक्ने यहि दल आज आएर भाटाको प्रयोग गर्न किन आवश्यक ठान्यो ।
 
मूल प्रश्न त्रासको राजनीतिको हो । भाटाले समर्थन जुट्दैन । भाटा-भयको राज सम्भव छैन । आन्दोलन दबाब दिनकै लागि हो, अन्तरिम संविधान, शान्ति-सम्झौता र १२ बुँदे समझदारीबाट बाहिर जान नदिन खबरदारी गरिएको पनि हो भनि सार्बजनिक रुपमा एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले बताए ।

भाटा साथमा लिएर हिडे पछि जस्तो सुकै संयम अपनाउछु भने भने पनि भिडमा नियन्त्रण गर्न सकिदैन ।घुसपैठ हुने प्रवल सम्भावना हुन्छ । अरुले फाईदा उठाउने हुनाले यस तर्फ ध्यान जान सक्यो भने निर्दोष आम नागरिकले निहत्था भाटा खाने सम्भावना कम हुने हुन्छ ।
 
एकाइसौ शताब्दीमा भाटाको कुनै अस्तित्व छैन । यसले विवाद र मुठभेड जन्माउछ l भाटा शान्तिको प्रतिक भन्दा अशान्तिको प्रतिक हुन्छ । हिन्दि उखान छ "जसको लाठी उसकै भैंसी " शायद यस्तो मानसिकता रही सडकमा नागरिकमाथि गरेको भाटा प्रहारले राजनीतिमा कति असर पर्छ भन्ने हेक्का राख्नु पर्दछ ।
 
लट्ठी या भाटा बोकेर प्रदर्शन शान्तिपूर्ण हुन्छ ? भाटा नेपालीहरुको आफ्नो हतियार हो ? भाटा बोक्दा नागरिक स्वाभाविक रुपले आतंकित हुन्छन । प्रदर्शनमा भाटा प्रहारका छिटपुट घटना घटेकोले वातावारण तनाबपूर्ण आफै बन्छ । जनता त्राहीमाम हुन्छन ।
 
एकल रुपमा बोकेको भाटा या लट्ठीले त्रास जन्माउदैन ,तर हजारौ हजारको संख्यामा लट्ठी या भाटा बोक्नुले अर्को अर्थ दिन्छ ।

सार्वजनिक ठाउँमा हुलका हुल लठ्ठी बोकेर हिडे गैरकानुनी हुन्छ या हुदैन ? जमातले सार्वजनिक स्थानमा लठ्ठी बोक्न हुँदैन भनेर नेपालको कुनै कानुनमा लेखिएको छ त ? 
 
लाठी भूतपूर्व  प्रधान मन्त्रि  स्व कृष्ण प्रसाद भट्टराई ,लोह पुरुष स्व गणेश मान सिंह तथा भारतका सत्याग्रहका अभियन्ता महात्मा गान्धीले पनि बोकेका हुन् ।  बुढेस कालमा भाटा सहारा पनि हुन्छ तर झुण्ड मानिसले लट्ठी बोकेर हिडे शान्ति गर्न हैन अशान्ति गर्न हिडेको समाजले बुझ्दछ । खबरदारी गर्न किन भाटाको प्रयोग गरियो ?

लाठी र भाटाको प्रयोग हतियार चलाउनु बराबर हुन्छ । शान्तिपूर्ण राजनीतिमा आई पुगेको शक्तिले भाटा प्रदर्शन गर्नुले राजनीतिक पक्षहरुबीचको दूरी अझै बढाउने छ । यस्तो क्रियाकलाबमा संलग्न हुने राजनैतिक दलको अस्तित्व खतरामा पर्ने छ l दल प्रति बितृष्णा जाग्ने छ । गान्धीले अपनाएको सत्याग्रह किन नअपनाउने ? "नि:शस्त्र प्रतिकार' गर्न किन पहल नगर्ने?

आगे उनीहरुले जानुन ...............

विजय थापा 
डिसी (अमेरिका)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com