१ अर्ब चालिस करोड मानिस यो रोगबाट सङ्क्रमित

ललितपुर, २६ फागुन ,

आउँदो फागुन ३० देखि चैत २ गतेसम्म ललितपुर जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले आज यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ जनस्वास्थ कार्यालय ललितपुरका केदार पराजुलीले ७० भन्दा बढी देशमा बसोबास गर्ने एक अर्ब चालिस करोड मानिस यो रोगबाट सङ्क्रमित रहेको जानकारी गराए ।

उनले हात्तीपाइले रोगविरद्धको औषधि सामान्य औषधि रहेको भएपनि दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, सात दिनको सुत्केरी र दीर्घरोगीले यस औषधिको सेवन गर्न नहुने जानकारी गराउँदै यसबाहेक अन्य सबै मानिसलाई औषधि सेवन गर्न अनुरोध गरे । त्यसैगरी जनस्वास्थ्य कार्यालयका लेखनाथ पन्थीले विश्वका मानिसहरू अपाङ्गता हुने पहिलो कारण कुष्ठ रोग हो भने, दोस्रो कारण हात्तीपाइले रहेको बताउँदै रोग नियन्त्रणको लागि अभियान सञ्चालन गरेको बताए ।

चार लाख ६४ हजार जनसङ्ख्या रहेको यस जिल्लामा यो कार्यक्रमको लागि दुईहजार पाँच सय स्वास्थ्य स्वयम्सेविका र दुई सय २५ जना स्वास्थ्य कार्यकर्ता कटिने र खुवाउनको लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरिएको कार्यालयले बताएको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com