अमेरिका नेपाल सहयोगी समाजले आर्थिक सहयोग जुटायो

चैत्र २ ,डिसी

विजय थापा : अमेरिकाको डिसी महानगर क्षेत्रमा झन्डै आधा दशक अगाडी स्थापना भएको अमेरिका नेपाल सहयोगी समाजले स्थापना काल देखि नै परम्परा तथा संस्कृतिलाई सम्बर्धन तथा प्रबर्धन गर्दै आएको छ ।

र समाज सेवामा अग्रणी भूमिका निर्वाह गर्दै नेपाली समुदायलाई मर्दा पर्दा अहम भूमिका निर्वाह गर्ने क्रममा बिभिन्न आर्थिक सहयोग जुटाउदै आएको उक्त संस्थासंग आबद्ध रहेका समाज सेवी मधु पन्थी बताउदछन ।

नेपाली नया बर्ष तथा नेपाली चेली बेटीहरुको महान चाड तीज पर्व डिसी महानगर क्षेत्रमा अपार सफलता पुर्वक मनाउदै आएको संस्थाले सदस्यहरुबाट उठाइएको रकमले सामाजिक सेवा गरि रहेको जानकारी अध्यक्ष सागर कंडेल बताए ।

कुनै पनि कार्यक्रमबाट उठेको रकमले समाज सेवामा लगाईने बताउदै गत महिनामा दुखद निधन भएका स्व बिष्णु हरि भण्डारीको लागि सस्थाको तर्फबाट १ हजार ८ सय ७३ डलर हस्तान्तरण गरिएको थियो ।

यसै गरि वरिष्ठ पत्रकार रबिन्द्र मिश्रले संचालन गरेको हेल्प नेपाल नेट वर्कलाई पनि अमेरिका नेपाल सहयोगी समाजले १ हजार ५ सय डलर पठाएको बताएका छन् ।

समाज सेवा सबै भन्दा ठुलो धर्म भएकोले संस्थाले यसै गरि समाज सेवा गर्दै जाने छ भन्दै नेपाली नया बर्ष मे २ तारिखमा मनाउने र उठेको रकमले समाज सेवा गर्ने जानकारी दिइएको छ । अन्य बिबिध खर्च आफनै गोजीबाट उठाई संस्थाको लागि खर्च पनि गरिने गरेको पन्थीले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com