वरिष्ठ गायक मधु क्षेत्रीले आफ्ना प्रसंशक तथा दर्शकलाई अमेरिकाबाट समर्पित गरेका गीतहरु With Video

डिसी ,फाल्गुन ६,

विजय थापा : सांगीतिक यात्रामा ४ दशक भन्दा ज्यादा समय बिताउनु भएका नेपालका वरिष्ठ गायक मधु क्षेत्री संग अमेरिकाको डिसी महानगर क्षेत्रमा कुराकानी गर्ने अवसर पाएका थियौ ।

डिसीमा सुन्य तापक्रम भन्दा झन्डै १० डिग्री तल तापक्रम भएको बेलामा भेट्ने साईत जूरयो  । हिमपातलाई वास्ता नगर्दै आफुले बिगत ४० बर्ष देखि आफुले गाएका अत्यन्तै लोकप्रिय गीत गुनगुनाउन चाहना राख्नु भयो ।

५ महिना देखि अमेरिकामा रहदै आउनु भएका गायक मधु क्षेत्रीले .........फुलै फुल मात्र पनि ,हैन रहेछ जीवन ........पानी खाने निउले तिम्रो घर आउला.........हुरीले उडाउन सकेन........................साईली र माहिली पैला गए छन् बाउ बाजेको नाकै काटेर ..............................गीत गाउदै आफ्ना प्रसंशक तथा दर्शकलाई समर्पित गर्नु भएको छ ।
झन्डै ३ सय ५० जति गीत गएको बताउदै नेपाल रेडियोको स्वर परीक्षणमा आधुनिक गीतमा उत्रीण गरेको गायकलाई फुच्चे देखेर बाल गीतको अभिलेखन (रेकर्ड्स (गर्न ) लगाईएको ईतिहास सुनाउदै अमेरिकामा रहेता पनि गीत र संगीतलाई प्रबर्धन गर्ने मेरो लक्ष्य रहेको बताउनु भयो ।

अझ पनि साधनामा लागि रहेको छु भन्दै कालान्तरमा गीत पस्कने बचन बद्धता सहित पुरा गीत गाउन नसके पनि यी गीतले मलाई मेरा प्रशंसक तथा दर्शकले मलाई सम्झने छन् र माया गर्नु हुनेछ भन्ने विश्वास राख्नु भएको छ ।

मधु क्षेत्रीलेआफ्ना प्रसंशक तथा दर्शकलाई अमेरिकाबाट समर्पित गरेको ८ मिनेटको छोटो श्रब्य दृश्य (भिडियो )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com