चितवन १८ माघ,
शिशिर सिम्खडा : जुटपानी गाविसको खोलेसिमल बजारमा रहेको सुरक्षित
बचत तथा ऋण सहकारी संस्थाको नव निर्मित भवनको आज
उद्घाटन गरिएको छ ।
दुई तले सो भवनको आज आयो
जित कार्यक्रममा सहकारी विभागको रजिष्टार विष्णुहरि पौ
डेलले उद्धघाटन गर्नुभएको थियो । स्थापनाकाल देखि
अहिले सम्म अर्काको घर भाडामा लिएर कार्यालय सञ्चालन
गर्दै आईरहेको सो सहकारीले ३२ लाख २६ हजार
को लगानीमा आफनै घर बनाएको हो । भवनको
उद्घाटन संगै आजै देखि नयाँ भवनवाट काम सुरु
भएको संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेले
बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी
जुटपानीका सभापति गणेश शर्मा पौडेल,थानखो
ला सामुदायिक वनका अध्यक्ष जयराम कँडेल,सहकार
ीका संस्थापक अध्यक्ष श्यामन्तमणि लामिछाने,उपाध्यक्ष
सितलकाजी श्रेष्ठ लगायतले वोल्नुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष द्रोर्णप्रसाद लामिछानेको
अध्यक्षतामा भएको थियो ।