राजस्व छुट भएपछी महिलाका नाममा जग्गा पास बढ्दो I

दमक, १९ माघ,

महिलाको नाममा जग्गा पास हुने क्रम बढेको छ । सरकारले महिलाको नाममा राजस्व छुट दिने भएपछि जग्गामा महिलाको स्वामित्व बढ्दै गएको हो ।

मालपोत कार्यालय दमकका अनुसार ग्रामीण क्षेत्रका महिलाका नाममा जग्गा दर्ता हुने क्रम बढेको छ । सरकारी नियमअनुसार सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा महिलाको नाममा दर्ता गर्दा बढी छुट पाइने भएपछि जग्गा दर्ता हुने क्रम बढेको हो ।

महिलालाई भूमि अधिकारमा समान स्वामित्व स्थापित गर्न सरकारले यस्तो नीति ल्याएको र यसबाट महिलाको पहँुच बढ्दै गएको मालपोत कार्यालय दमकका प्रमुख बच्चुराम कार्कीले बताउनुभयो । कार्यालयका प्रमुख कार्कीले महिलालाई आत्मनिर्भर बनाउन र जनचेतना बढेका कारण महिलाको नाममा जग्गा दर्ता हुने क्रम बढेको बताउनुभयो ।

ग्रामीण क्षेत्रमा ६५ प्रतिशत र सहरी क्षेत्रमा २५ प्रतिशत रजिष्टे«सन पास गर्दा राजस्व छुट हुने गरेको छ । मालपोत कार्यालय दमकको तथ्याङ्कअनुसार आव २०७०÷७१ मा ग्रामीण भेगका तीन हजार ५५३ महिला र सहरी क्षेत्रका एक हजार ३१० महिलालाई राजस्व छुट दिइएको छ ।

सो अवधिमा रु एक करोड सात लाख १६ हजार ७७४ महिलाले छुट पाएका छन् । यसैगरी चालु आवको पुस मसान्तसम्म दुई हजार ५९८ जना महिलाले जग्गा पास गरेका छन् । सो अवधिमा रु ५७ लाख ७२ हजार १०७ राजस्व छुट पाएका छन् । सरकारी नियमअनुसार दलित अपाङ्ग र ७० वर्ष माथिका वृद्धले समेत जग्गा पास गर्दा महिला सरहको छुट पाउने छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com