विद्यार्थीहरुद्वारा बजार सरसफाई I

चितवन, माघ २१,

शिशिर सिंखडा जुटपानी : सिद्धिविनायक आवासीय मा.वि., खोलेसिमलले विद्यालयको २०औं वार्षिकोत्सवको अवसरमा आज बुधबार खोलेसिमल बजारमा सरसफाई गरी जनचेतनामुलक होर्डिङ्ग बोर्ड राखेको छ । 

विद्यालयका शिक्षक, स्काउट ट्रुप र विद्यार्थीहरुले बजार क्षेत्रमा सरसफाई गरेका थिए । फोहोरका कारण विभिन्न रोगहरु लाग्ने भएकोले स्थानीयलाई सचेत रहन अनुरोध गर्दै विद्यार्थीहरुले सरसफाई र जनचेतनामुलक ¥याली समेत गरेको विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेले जानकारी दिए । 

सामाजिक उत्तरदायित्वमा संस्थागत विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै विद्यालयले विगतका वर्षहरुमा पनि बजार सरसफाई, ट्राफिक नियमको जनचेतना लगायतका कार्यक्रमहरु गर्दै आएको विद्यालयका सहायक प्राचार्य साजन थापा मगरले बताए । 
विद्यालयले २०औं वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वको रुपमा समाज परिवर्तनको लागि निरन्तर क्रियाशील रहने योजनाका साथ कार्यक्रमहरु गरिने सहायक प्राचार्य मगरले बताए । बजार सरसफाईकै क्रममा बजारका विभिन्न १५ स्थानमा जनचेतनामुलक होर्डिङ्ग बोर्ड समेत राखिएको छ । 

कार्यक्रममा छोराछोरीमा भेदभाव नगरौं, बजार स्वच्छ तथा सफा राखौं, बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरौं लगायतका नारा अंकित होर्डिङ्ग बोर्ड राखिएको थियो । 

विद्यालयका डाइरेक्टर लिला बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा समेत गरेको थियो । विद्यालयको २०औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली बिहिबार निशुल्क स्वास्थ्य शिविर कार्यक्रम समेत आयोजना गरिएको छ ।




Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com