शैक्षिक विकासमा संस्थागत विद्यालयको भूमिका अहम I

जुटपानी १८ माघ ,

विशाल आले : संस्थागत विद्यालयलहरुले समुदायमा गुणस्तरीय शिक्षा प्रदानका महत्पूर्ण भुमिका खेलेको सरोकारवाला हरुले बताएका छन । 

पूर्वी चितवनको जुटपानीमा रहे को सिराइचुली एफ एम ९७.३ मेगाहर्जले आज आयोजना गरेको विकासमा संस्थागत विद्यालयको भुमिका बिषयक अन्र्तक्रियामा बोल्दै उनीहरुले नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयको अदृष्य भूमिका रहेको पारेका थिए । 

कार्यक्रममा सिद्धिविनायक आवसीय माध्यमिक विद्यालय जुटपानीका प्रबन्ध निर्देशक लिला गुरुबले स्थानीय स्तरमा संस्थागत विद्याल एक जुट हुनुपर्नेमा जोड दिए । सोही विद्यालयका प्रिन्सिपल बिष्णुमणी लामिछानेले विद्यालयलका कारण देशमा रोजगारी सिर्जना भएको भन्दै राष्टियस्तर मा समेत उत्कृष्ट नतिजा निकाल्न सकेको बताए । 

त्यसैगरी सगरमाथा आवसिय मावि र त्ननगरका प्रिन्सिपल गोकुल प्रसाद भट्टले संस्थागत विद्यालयले स्रोतव्यक्ति रामकृष्ण लम्सालले समुदायमा सामाजिक उत्तरदायित्व वहन गर्न संस्थागत विद्यालय सफल भएको भन्दै समुदायको विकासको महत्वपुर्ण कडि संस्थागत विद्यालय भएकोे बताए । 

एफएमका अध्यक्ष विशाल आले मगरको अध्यक्षतामा भएको सो कार्यक्रममा मुनलाइट स्कुलकी शान्ति गुरुड र पिस भिजन आवसीय माध्यमिक विद्यालयका यमप्रसाद काफ्ले,अर्विट वोडिब स्कुलका प्रिन्सिपल भिमराज कडेल, न्यु सगरमाथा इ मिडियम स्कुलका प्रिन्सिपल इश्वर तिवारी लगायतले आ–आफनो धारण राखेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com