बिग बस ८ जिते गौतम गुलाटीले I

माघ १८ ,डिसी

विजय थापा : भारतीय लोकप्रिय कार्यक्रम बिग बस ८ गौतम गुलाटिले बाजी मारेका छन् । आफ्ना निकटतम प्रतिस्पर्द्धी करिस्मा तन्ना र प्रितम सिंह लाई क्रमस उछिन्दै उनले यो मौसमको बिग बस ८ जितेका हुन् । 

र बिजयी गौतम गुलाटीले पुरस्कार स्वरुप नगद भारतीय रु ५० लाख र बिग बस पदक हात पारेका छन् । झन्डै १ सय ३० दिन भन्दा ज्यादा चलेको उक्त बिग बसको रोचक मोड त्यो बेला बन्न पुग्यो जब कार्यक्रमका अन्तिम उत्कृष्ट तीन प्रतिस्पर्द्धी गौतम गुलाटी ,करिस्मा तन्ना र प्रितम सिंह लाई जनही पच्चीस लाख लिन प्रस्ताब राखिएको थियो । 

र ,प्रितम सिंह जो सशक्त प्रतिस्पर्द्धी थिए उनले पुरस्कार स्वरुप २५ लाख लिएर प्रतिस्प्रद्धा त्यागे । फलस्वरूप ,अन्तिम प्रतिस्प्रद्धामा करिस्मा तन्नालाई भारी मतको फरकले बिग बस ८ को गौतम गुलाटीले जित्न सफल भए । ,प्रितम सिंहले पैसा लिए पछि करिस्मा तन्ना प्रथम उप बिजेता भएकी थिन भने अन्तिम पांचमा पर्ने अलि कुली मिर्जा र डीम्पि महाजन चौथो र पाचौ स्थान प्राप्त गरेका थिए । 

गौतम बिग बस घरमा अत्यन्तै चर्चित थिए भने भारतीय सर्वेक्षणमा उनि बिजेता हुन् सक्ने भारतीय संचार माध्यमले आंकडा देखाएका थिए । बिग बसमा ड्यानड्रा संग भएको प्रेम चर्चा निकै शिखरमा पुगेको थियो ।अघिल्ला बर्षहरुमा सम्पन्न भएका सबै बिग बसको ईतिहास तोड्दै गौतम गुलाटी अत्यधिक मत पाउने पहिलो बिजेता बन्ने सौभाग्यशालि बन्न पुगेका छन् । 

गौतम गुलाटी ,भारतीय सानो पर्दाको धारावाहिक 'दीया और बाती' का कलाकार हुन् भने बिग बसमा आउनु भन्दा अगाडी उनलाई कमले चिन्थे । भारतीय धारावाहिक 'दीया और बाती' मा मुख्य भूमिकामा नरहेका कारण गौतमले त्यो त्यागी बिग बसमा सहभागी भएका थिए ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com