गजल By, मानन्धर अभागी
फकाउनमा उ तरुनी क्या नामी रहेछ
मान्छे विगार्दै हिंड्ने क्या हरामी रहेछ
आँखामा त्यो जादु वोलीमा मोहनी
मर्न नसकेको मोरो त्यो धामी रहेछ
चिटिक्क लुगा लाएर ठाँट काँटले हिंड्छ
अफिस जाने भन्छ तर ज्यामी रहेछ
टाई सुट लाएर हातमा त्यो व्रिफकेस
साहु भन्दै हिंड्छ उ काँक्रो आसामी रहेछ
झुठो वोल्नमा माहिर एक नम्वरको फटाहा
कल कारखाना छ भन्थ्यो जो बेकामी रहेछ ।
मानन्धर अभागी