गीत :By, गोपाल प्रधान


गीत: यस्तै हुन्छन् जिन्दगी:

    कति छन् यहाँ लुकेका दर्दहरू,
मैले बटुली राखेको,ती निर्मल यादमा।
अङालिन्छ त्यसै त्यो झनकारहरू।
जति छन् यहाँ झरेका भावहरू,
मेरो निम्ती साँचेको,ती प्रथम मायामा।
झस्किन्छ त्यसै त्यो सृजनाहरू।

    जहिले तहिले कथा पड्न मिल्छन्,
आशुँभरी मिलनका मीठा यादहरूसग्ं।

    यति छन् यहाँ प्रश्नका बुँदाहरू,
बाँच्न चाहेका चित्रकला जस्तै मुटुमा।
जीवनका साँचो मायाको रूपहरू,
जति छन् यहाँ उत्तरका ठेलीहरू,
नाँच्न भुलेका रग्ंशाला जस्तै ऐनामा।
चिन्तामा भोको प्यासी आँखाहरू।

 कहिले कहिले व्यथा लड्न खोज्छन्,
 मुटुभरी तड्पेका तीता घातहरूसग्ं।

गोपाल प्रधान 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com