गीत्: नयनाको बातमा अल्झियो पिरती:
एक एक थोपामा,
रगतले लेखियो साइनो जिन्दगीको।
पल पल आशामा,
जिउनले मागियो विश्वाश् पिरतीको।
आँखा आँखाको बातमा,
मनले गाँसियो माया जिन्दगीको।
ऐना ऐनाको अघिमा,
खुशीले जोडियो नाता यो प्यारको।
मात मातको गल्तीमा,
प्रेमले भाँचियो बाचा बन्धनको।
दु:ख सुखको माँझमा,
हालतले बुझियो माया संसारको।
नयनाको बातमा अल्झियो पिरती।
बिछोड्को रातमा बल्झियो पिरती।।