यहुदिमाथी युरोपमा आक्रम हुनथालेपछी इज़रायल फर्कन आह्वान

जेरुसेलम , फाल्गुन ६ ,

युरोपमा यहुदीमाथि आक्रमण हुन थालेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यहुदीलाई इजरायलमा आप्रवासका लागि आह्वान गरेपछि युरोपेली नेता उनीप्रति चिढिएका त छन् । तर इजरायल यहुदीका लागि शरणको रूपमा रहेको तथा हाल निर्वाचन आइरहेको समयमा यो आश्चर्यको कुरा नभएको विश्लेषकले बताएका छन् ।

डेनमार्कमा आइतबार एक यहुदी पुरुषको हत्या भएपछि इजरायली प्रधानमन्त्री नेतान्याहुले त्यहाँका यहुदीलाई आम रूपमा इजरायलमा आप्रवासमा आउन आह्वान गरेका छन् । उनले विज्ञप्ति प्रकाशन गरी युरोपका यहुदी तथा विश्वका यहुदीलाई इजरायलले आफ्नो हृदय खुला राखेको बताए ।

उनले आफ्नो सरकारले फ्रान्स, बेल्जियम तथा युक्रेनबाट आप्रवासी प्राप्त गर्न ४ करोड ५० लाख अमेरिकी डलर बराबरको योजना पारित गर्ने बताए । उनले त्यहाँका यहुदीलाई इजरायल उनीहरूको घर भएको र उनीहरूलाई आफूमा कायम गर्न युरोपबाट आम आप्रवासीका लागि योजना तयार गरिरहेको बताए ।

महिना अगाडि एक इस्लामी बन्दुकधारीले कोसेर विशाल बजारमा चार यहुदीको गोली हानी हत्या गरेपछि उनले पेरिसमा त्यस्तै प्रकारको आह्वान गरेका थिए । युरोपका नेताहरूले उक्त आह्वानप्रति क्रूद्ध रूपमा प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरूले आफ्नो यहुदी जनतालाई आश्वस्त पार्न प्रयास गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति फ्राँस्वा ओलान्डले यहुदीलाई युरोप उनीहरूको स्थान होइन भन्ने सोच्न लगाउने कुनै पनि आह्वानलाई स्वीकार गर्न नसकिने बताए । फ्रान्सेली प्रधानमन्त्री म्यानुएल भाल्सले इजरायलको आउँदो निर्वाचन अभियानले प्रधानमन्त्री नेतान्याहुलाई यस प्रकारको विज्ञप्ति प्रकाशन गर्ने अधिकार नदिएको बताए ।

डेनमार्कमा प्रधानमन्त्री हेले थोर्निङ स्मिटले यहुदी समुदाय नभएमा डेनमार्क हालकै अवस्थामा नरहने बताए । इजरायली प्रधानमन्त्री नेतान्याहुको टिप्पणीलाई जर्मनी तथा अस्टि्रयामा पनि राम्रोसँग लिइएको छैन । प्रधानमन्त्री नेतान्याहुको

आह्वानको युरोपमा विरोध भए पनि यसलाई नयाँ तथा आश्चर्यको रूपमा लिन नहुने विदेश मन्त्रालयका प्रवक्ता इमानुएल नासोनले बताए ।

उनले प्रधानमन्त्री नेतान्याहु यहुदी जनताको मुलुकको रूपमा रहेको इजरायलको नेता भएको र यो मुलुक शरणस्थल भएको बताए । हालै त्यहाँ पूर्व सोभियत संघ तथा इथियोपियाबाट यहुदी गएका छन् । उनले इजरायलले विश्वका यहुदीलाई आउन आह्वान गरेको तर यो उनीहरूको व्यक्तिगत छनोट भएको बताए । उनले फ्रान्स तथा बाँकी युरोपमा सन् १९४५ पछि यहुदीका लागि यसअघि कहिल्यै कठिनाइ नभएको बताउँदै यस्तो आह्वानको आवश्यकता भएको बताए । एएफपी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com