कास्की, जिल्लाको सार्दिखोलामा नि:शुल्क स्वास्थ्य शिविर

काठमान्डू फागुन २,

नेपाल हृदयरोग निवारण प्रतिष्ठान, चितवन शाखाको आयोजनामा कास्की जिल्लाको सार्दिखोला गाविस–१ स्थित माछापुच्छ्रे उमावि भुर्जुङखोलामा भएको एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरबाट विद्यालयका एक हजार विद्यार्थी, १३१ स्थानीय वृद्धवृद्धासहित एक हजार १३१ जना लाभान्वित भएको स्थानीय ग्रिनफोर्स युवा क्लबका सचिव गणेश आचार्यले जानकारी दिए ।

सो अवसरमा नेपाल हृ्रदयरोग निवारण प्रतिष्ठान चितवन शाखाका सभापति भोजराज कौडेल, माछापुच्छ«े उमाविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बज्रमोहन आचार्यलगायतले शिविरबाट स्थानीय समुदायमा स्वास्थ्य जनचेतना प्रर्बद्धन तथा सेवाप्रवाहमा सहयोग पुगेको बताए ।

चितवन जिल्ला न्यायाधीश विनोदमोहन आचार्यको विशेष पहलमा उक्त शिविर सञ्चालन भएको थियो । शिविरमा चिकित्सक केशव आचार्य, शारदा कुँवरसहित आठजना विशेषज्ञबाट मुटुरोग तथा अन्य रोगको परीक्षण, स्वास्थ्य परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com