प्रणय दिवसमा यसरि कुटिया प्रेमिल जोडी

काठमाडौं फागुन २,

विश्वभरका मायालु जोडीहरु एकअर्कामा हराइरहेका बेला भारतमा भने उनीहरुले कुटाई खानुपरेको छ । भ्यालेन्टाइन डे विरुद्द सडकमै उत्रेको भारतको उत्तर प्रदेशस्थित एउटा दलका कार्यकर्ताले पार्कमा रमाइरहेका मायालु जोडीलाई खोजी खोजी कुटे । 
भ्यालेन्टाइन डेले भारतीय संस्कृतिमाथि अतिक्रमण गरेको भन्दै उत्तर प्रदेशस्थित बजरंगी दलका दर्जनौँ कार्यकर्ता लाठीसहित सडकमा उत्रेर प्रेमीजोडीमाथि आक्रमणमा उत्रेका हुन् ।


उनीहरुले पार्कमा बसेका प्रेमी जोडीलाई खुलेआम कुटेर आतंक मच्चाएका हुन् । लखनुको हतरजगञ्जमा नाराबाजीसहित सडकमा उत्रेका उनीहरुले आफूलाई भारतीय संस्कृतिका रक्षक बताएका थिए । उनीहरुले भ्यालेन्टाइन डेलाई देश र संस्कृतिको दुष्मनको संज्ञा दिएका छन् । 
बजरंगी दलका कार्यकर्ताका अगाडि कसैको केही लागेन । उनीहरुले भेटेजति युगल जोडीलाई नियन्त्रणमा लिँदै कुटेका थिए । उनीहरुको कुटपिटबाट केही प्रेमी जोडी समेत घाइते भएको भारतीय सञ्चारमाध्यले उल्लेख गरेका छन् । 
 फोटो, समाचार :एजेन्सी....

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com