" गृह युद्धको संकेत त हैन ?"

नेपाल आमाका सन्तानले देशको लागि दिएका वलिदानको कथा लेखि सकिएकै छैन । छिया छिया भएका मुटु र टुक्रिएका शरीरको अंगहरुबाट रगताम्य भएर पोतिएका खेतवारी पहाड ,पखेरा,खोलानाला,ढुँगा बगर ,जंगल ,गोरेटो ,उकाली ओराली ,डाडा काँडा अझै सुसाउन छोडेका छैनन् । सबै तिर बम र बारुदको बिस्पोटबाट उछिटिएका त्यो आलो रगतको टाटा अझै सुकेका छैनन् । न त पिल्सिएर प्राण छाड्दा चिच्याएको त्यो आवाजमा पुकारी रहेको आफन्तको कोलाहल नै सेलाएको छ । 

शान्त र सुन्दर नै थियो हाम्रो हिन्दुराष्ट्र नेपाल मात्र राजनीतिक परिवर्तनको खाँचो खड्केको थियो । तर देशमा भएका राक्षस प्रवृतिका मुकुण्डाधारी नेताहरुले आफुलाई महान बनाउन र हिन्दु राजा र राज्य एक आपसमा पुरक भएको देखेर असह्य भइ त्यो शक्तिलाई भत्काउन अशान्ति मचाएर देश भित्रको कलहको विज छर्दै शान्तिलाई बिथोल्न थालेर जनताको आखाँमा धुलो छ्यापी सबैलाई सपनाको महल चलचित्र झैँ पर्दामा देखाएर ओझेलमा राख्दै गरिबी हटाउने र देशलाई सिङ्गापुर बनाउने सपना बाडेर उकास्न थाले,।
साच्चै पो होकी भन्दै सोझा साझा जनता पछिलागेको देखेर ठुला ठुला योजना र मिठा मिठा भाषण गर्दै देशका विद्धान,तथा हामीजस्ता जनतालाई नै अल्मल्याउन पुगे । नचाहिने कुराहरु झिकेर जनतालाई एकापसमा लडाई घर भित्रै आगोको राँको बाल्न शुरु गरे । 

विभिन्न झुठा आश्वाशनहरु दिदै देश बनाउने,गरिबी हटाउने,रोजगारी दिलाउने ,कारखाना खुलाउने ,बाटो घाटोको सुबिधा युक्त देश निर्माण गरि सबैलाई सुखी बनाउने मिठासे कुराले लटपट्याउन गएँ र जनताको मन जित्न भाषण छाडे नेपाली जनताले कहिलै बिदेशी माटोमा पसिना वहाउनु पर्ने छैन यस्ता आश्वाशन बाड्न थाले पछी यस्तै सपनाको भ्रममा परेर आफन्त बिच नै सलाईको काटीले सुकेको दाउरामा आगो सल्काए झैँ गरि के के न होला भनेर दाजुले आफ्नै भाईलाई गोलीले भुटे । बोकाको मन्दिरमा वली चढाए झैँ गरि तलवारको धारले रेटे । जवानीमै सिन्दुर पुछिएर एक्लै बाच्न विवस भएका नारीहरु जो बालक सन्तानको अनुहार टुलुटुलु हेरी लाचारको जीवन विताउदै आएका विधुवा नारी र बूढा आमा बाबाको सहारा भएका एक्लो सन्तानलाइ समेत गुमाउदा पीडाले बाच्न बाध्य भए, र आमा बाबु बिनाका जीवन विताउन लाचार बुढा बाबु,आमाको कथा उस्तै रह्यो । भएका टुहुरा बालक,बालिकाको घरपरिवार तहसनहस भएका ती दिनहरुका त्रासदी उस्तै गरी ताजै छन् आज पनि । 

जसरी कुनै दिन आफै मारिने सम्भावनाको कुनै आकलन नै नगरी महको मिठासको लोभमा परि माहुरीले नौ रंगी फूलको रस ल्याई थुपार्छ; त्यसरी नै आफैले गरेका कर्तुत ,ठुटा बाचाहरु र थुपारेको सम्पतिकै कारणले आफ्नो पतन हुनेछ भनेर नेताहरुले कहिलै सोचेनन् । राज्यभित्रको परिवेशसंग बिल्कुलै नमिल्ने अपच हुने र बेतुकका कुरामा जनतालाई एक अर्काको विरुद्धमा उकासेको भरमा मन नपरेर पनि त्रास भित्र लाचार भएर साथ दिन बाध्य भएका यी कयौ जनताले आफुलाई बोका राँगा झैँ वली चढाए पनि आज उनका सन्तानले गणतन्त्रको नाममा देश भित्र यो लूट र ठगि बाहेक के पाए त ?

यहा मैले ब्यक्त गर्न चाहेको कुरा" एउटा नारीको अधिकार मात्र हैन सिङ्गै देशको प्रगति र जिम्मेवारीको प्रश्न आएको छ । तिनै गरिब, निमुखा ,दलित जनताले अभाबै अभावमा कामको खोजीले बिदेसिको गुलाम बन्नु परेको तितो सत्यले गर्दा आज सम्पूर्ण देशवासीहरु संग प्रश्न गर्न मन लागेको छ । 
के अब पनि देश तहसनहस भएको यसरी नै हेरेर बस्ने हो ?

यी नेताहरु त "छेपारोले रंग फेरे झैँ गरि पालै पालो फेरिदै आ-आफ्नो ढिकुटी भर्दै जादैछन । "जति जोगी आए पनि कानै चिरेको" भने झैँ उखान सबैको सामु घाम जतिकै छर्लंग छ । यसरी दिनरात जनताको आखाँमा छारो हाल्दै मिती,समय तोकी संबिधान बनाउने कुरा गर्छन अनि आपसको खिच्चातानीले न देशमा सम्बिधान बनाउन सक्लान । नकुनै प्रगति गर्न ।

के राजनीतिको मूल मन्त्र नेताले देशलाई तहसनहस गरि एक आपसमा कुर्शी तानातान गरि आफ्नो र आफन्तको दुनो सोझ्याउनु मात्र हो ? 

के नेताहरु भनेको भ्रस्ट गरि अकुत सम्पति कमाउने छुट पाउनु हो ? 

देश भित्र जनताका छोरा-छोरीलाई एकापसमा लडाई ,काटाकाट र मारामारको सिकारमा मर्न बाध्य बनाई आफुले बाँधले सिनो लुछेझै गरि मोजमस्ती गर्नु हो ?

के नेताहरुको अर्थ जनतालाई जात, धर्म,,लिंग, भाषा ,आदिका आधारमा विभाजित गरि आफ्नो स्वार्थसिद्धि गर्नु हो ?

देश भित्र धर्म निरपेक्षक भनेर सम्बिधान भित्र हुँदै नभएको कानुनले हिन्दुराष्ट्र नेपालको नामलाई विदेशीले हातपात गर्न खुल्लमखुल्ला धर्म परिवर्तनको नाममा नेताले राजनीतिको आड दिनु हो ?

नेपाल सरकार र नेपालकै गरिमामय संबिधान सभा आज बिदेशी डलरका दलालहरु र भारतीय खुविया एजेन्टका छत्रछायाको परिधि भित्र हातपाउ जन्जिरले बाधेझै गरि मन्त्रिपरिषद भित्रका नेताहरु कैदी भएको किन ?
नेपाल देश भित्र आफ्नो गरिमामय संबिधान निर्माण गर्न लाग्दा बिदेशी दलालहरुको ,हस्तक्षेप र अबरोध किन ?.
यदी नेपालको राष्ट्रियताको ख्याल गरेर बहुभाषी र बहुसंस्कृती सबैको पहिचानलाई स्वनिश्चित हुने खालका संबिधान नबनी डलर बादी विदेसी दलाल र भारतीय एजेन्टहरुको दबाबमा आएर उनीहरुकै सल्लाह र शुझाब अनुरुप देशको गरिमालाई व्यपार बनाई धर्म निरपेक्ष शब्दलाई कसिंगर झैँ नफाली यदी हिन्दु राष्ट्रलाई अवहेलना हुने आँच आउने खालको संबिधान लेखियो भने हेर नेता हो नेपाली आमाका वीर सन्तानले फेरी एकपल्ट ज्वालामुखी बनेर सिंह झैँ तिमीहरुको विनासको लागि गणतन्त्रको नामलाई सधैको लागि अन्त गर्न र तिमीहरु जस्ता देश द्रोही ,लुटेरा नेताहरुको तहसनहस गर्न गृह युद्ध पक्का हुने कुरामा दुइमत छैन |" 
कतै राजतन्त्र आउने संकेत त हैन यो ?" .....

सधै हानाहान र मारामारको चेपुवामा परेका गरिब दलित जनता प्रलोभनमा परेर शिक्षा तथा दुइ छाक टार्न सकिन्छ कि भनेर पेट भर्ने बाटोको खोजीमा उल्टै निरन्तर टाट पल्टिदै गरेका छन् | उनीहरु नै बिदेसिको समेत ऋणी बनि आफ्नो मृत्युको प्रतिक्षामा चिहान घारीको लागि धर्म परिवर्तनको नाममा कर बुझाउनु पर्ने जस्ता अनेकौ ,कष्ट,पिडा, यातनाको दोभानमा पिल्सिरहेका छन | पेट भर्न र सन्तानलाई दुइ छाक खुवाउन महँगी थाम्न नसकी बिदेसिको गुलाम बन्नु र जवानीमा काम गर्न नसक्दा कठोर मन भएका बिदेसिले दिएको मृत्यु जस्तो यातना पाएर लास बनि बन्द बाकसमा आफ्नो देशमा फर्किनु पर्ने अबस्थाको तितो आज जनताले फेरी त्यो दिनलाई याद गर्दै आएका छन् | देशमा हिजो झैँ किन कुनै नेताको जयजयकार हुन सकेन ? के कुनै नेताले आज सम्म सोचेका छौ ? जयजयकारको योग्य जनताको कुनै नेता बन्न सकयौ ? 

तिमीहरु नै हौ हिजो दरवार भित्रको नानाभाती कुरा उठाएर दिनरात नारीहरुको सतित्व ,अस्मिताको कुरा गर्थ्यौ | सुनिता र नमिता काण्डको कुरा निरन्तर उठायौ तर आज देशमा हिजो भन्दा बढी खुला बजारको सातपात झैँ नारीहरुको अस्मिताको व्यापार भएको देखिदै छ | "मात्तिएको लोकतन्त्र " नामक कृतिले भन्छ - यस्ता बलत्कारका घटना दिन दिनै देखिन्छन्,हुने गर्छन | नारीहरु लुटिने, बलात्कृत हुने र जिउदै पोलिने काम बरु पहिला यस्तो दिन दहाडै हुदैनथ्यो। बरु त्यो बेला छोरी चेली धेरै सुरक्षित् थिए। आज न बच्चा बच्ची सुरक्षित छन न त् बुडाबुड़ी, जवानको कुरै छाडी दिऊ,। हत्या,हिंशा ,लुटपाट जताततै व्याप्त छ यो देशमा किन ?
के यही हो गणतन्त्रको नामको स्वतन्त्रता ? 

के गरेयौ त कुर्शीमा आए पछी आजका गणतन्त्र बादी नेताहरुले ?

जापान , बेलायत , डेनमार्क जस्ता देशहरुमा अहिले पनि राजतन्त्र नै छ | त्यहा राजा नै राज्यको प्रमुख छन । के कसैले कहिलै ति देशमा महिलाहरुको चित्कार सुनेका छौ ? 

बरु नेपालका अहिले हुने गणतन्त्र बादी आफुलाई राजा झैँ सम्झने धेरै नेताहरुको आफैले अहोरात्र अध्ययन गर्ने हो भने ,सबैका आखाँ अगाडी त्यस्ता कयौ घटनाका विकृतिहरु पाउनु भएकै होला र पनि आखाँ चिम्म गरे झैँ गरि दिनरात नारी सत्तिव,नारी अधिकार जस्ता प्रशंग उठाई अलि कति पनि नहिचकिचाई .लाजै नमानी सधै यस्ता किसिमका प्रश्न उठाउने गरेको सुन्दा हामी नारीलाई नै आश्चर्य चकित बनाएकोछ । हिजो नारी ,पुरुष नभनी जनताले काधमा बन्दुक राखी आफ्नो घाटी थाप्न पनि गणतन्त्रको लागि पछी नपर्नेले आज ति नेताको अनुहार हेर्नु त के नाम लिदा पनि मुख फर्काउछ्न किन ?

जनतालाई चेतना दिनका लागि देशमा शिक्षाको सुबिधा हुनु पर्छ । कल - कारखानाहरु र सिपमुलक कार्यको विकाश हुनु पर्छ । गरिब निमुखाले पेटमा दुइ छाक माड़ भर्न पाउनु पर्छ तर जब देशमा कुनै उपाय हुदैन र अत्यास लगेर महगी,बेरोजगारीले आफ्ना परिवारको मुखमा माड़ लगाउँन,बिदेसिन लाचार हुन्छन् अनि काम गर्ने क्रममा मानिस भित्र निखार आउदै जान्छ उस भित्रको आत्मा विश्वाशले उसलाई विज्ञ बनाउदै जान्छ । पेट भरि अन्नले पूर्णता नपाएकोले आफ्नो संघर्षले जब उ दिगो हुन्छ ,जिउन सिक्छ ,अनि बल्ल उसमा चेतना आउछ र उसलाई देशले हैन कामले नेतृत्व गर्न र अगाडी बढ्न सिकाउछ । 'थेउरी मात्र पढेर डाक्टर भएकोले बिरामी पत्तालागाउन धेरै पाना पल्ताउछ तर प्रयाक्टिकल चेक गर्ने डाक्टरले हेरेरै बिरामी पतालाउछ " त्यस्तै गरि चोट र कामले भुक्त मानिस उ आफ्नो अधिकार खोज्दै अघि बढ्छ र उसको आफ्नो हिम्मत र ग्यारेन्टी बाट चेतनाको बिकाश हुन्छ | हो आजका नारी पनि लड्न सक्ने ,जनमानसमा निर्धक्कले बोल्न सक्ने र आफ्नो अधिकार खोज्न सक्ने भएका हुन । त्यो आज देशमा भएको गणतन्त्रले सिकाएको हैन र त्यस्तो अधिकार दिएको हैन; नारी आफै भित्र पलाएको आट,हिम्मत र ऊ भित्रको साहसले गर्दा भएको हो ।

सबैलाई थाहा नै भएको कुरा हो समाबेसी राजनीतिको बिश्व ब्यापी लहर र मानबका नैसर्गिक अधिकार भएकोले संयुक्त राष्ट् शंघका विश्व भरिका सदस्य राष्ट्हरुले महिला अघिकार तथा समाबेसी राजनीतिलाई सम्बिधानमा स्वत: राख्नु पर्ने प्राबधान भएको हुँदा त्यस्ता अधिकार प्राप्त भएका हुन् भने नारीलाई गणतन्त्र आएर नारीले आफ्नो हकहितको लागि लड्न सक्ने अधिकार दिलाएको हो भन्ने यदी कसैले वा कुनै नेताले भन्छन भने त्यो उनीहरुको भ्रम हो ।फोस्रो घमण्ड मात्रै हो | 

आजको देशको अबस्थामा धर्म परिवर्तनको अपवाद पूर्ण लहर भित्र राजनीतिको आड लिने नेताहरुलाई हामी जनताको यो गम्भीर प्रश्न हो- देशमा संबिधान चाडै बनोश र धर्म निरपेक्ष भन्ने शब्दको जरो उखाड़ेर मिल्काइयोस्; हैन भने हाम्रो हिन्दुत्वको रक्षाका लागि फेरी युद्ध नहोला भन्न सकिन्न । देश बनाउन हैन जनताको कमजोरीको फाइदा लुटी आफ्नो पटुका बलियो बनाउने मात्र राजनीति हुने हो भने अबको आन्दोलनले पुनः राजतन्त्र घोषणा गर्न कत्ति पनि बेर लाग्ने छैन । संयुक्त राष्ट् सँधका यस्तै विषय सम्बन्धि घोषणाको र निणर्यहरुको अध्ययन गर्नु भयो भने तपाईका सबै गणतन्त्रले मात्र दिएको महिलाहरुको हक,अधिकार भन्ने गीत गाउनेहरुको प्रश्नको जिज्ञासाहरु आफै मेटिएर जानेछन ।

देशका आफुलाई सर्वोपरी ठान्ने नेता हो, अब देशका जनता बुझ्न सक्ने भएका छन् | उनीहरुको आखाँमा हिजोको तितो सत्य झल्किन थालेको छ |. यस्तै सबै कुरा समिझेर ल्याउदा मन पोल्छ र यिनै राजनीतिको आडमा आफुलाई महान भए भनेर कुर्सिको आडमा देख्ने नेताहरुलाई सोध्न मन लाग्छ-- दश औला जोडेर आएका तिमीहरुले आज सत्तामा पुगेपछि के प्रगति गरयौ त देशमा ? आखिर गणतन्त्र ल्याएर देशमा के विकाश भयो ?

जसरी ढुङ्गा माटोमा र माटो ढुङ्गामा बदलिदैन, ठिक त्यसै गरि देशको र जनताको हितमा रहेर देशको शाशन चलाउन चानचुने कुरा हैन र जो सुकेको वशको कुरा पनि हैन | विदेसीसंग लड्न सक्ने,कुटनीति गरेर देशमा आयआर्जन ल्याउन सक्ने क्षमता सबै भित्र हुदैन झन् भन्नु पर्दा आफ्नो ढिकुटी मात्र भर्ने स्वार्थ भावनाले राजनीतिको आडमा कचुला फेर्ने नेताको समय अनुसार उ भित्रको केहि राम्रो गुण पहिले भए पनि कुर्शीको शान र प्रलोभनमा अरबौ पैसाको बिटोको लालचमा परेर भएका गुणहरु अबगुणमा बदलिन थाल्दछन । 

उनीहरु देखे पनि नदेखे झैँ गर्छन | सुने पनि नसुने झैँ गरि हिड्छन | जसरी समयको मिसावटमा कुनै पनि वस्तु अबिचलित, शुद्ध र स्थाई भएर रहन सक्दैन भन्ने गतिवादको यो नै मुख्य दर्शन हो। तर व्यक्तिमा हुने स्वार्थ भावनाका अवगुणहरूलाई रोक्न सक्ने हो भने उस भित्रको देश भित्र हुनसक्ने प्रगतिको सुन्दर भावनाले केहि न केहि देशमा परिवर्तन ल्याउन सक्छ | तर यो इजरायल देश हैन नेपाल देशको हो । यहाँ त देशका नेतामा केबल कल्पनामा मात्र संभब छ । जब सम्म हरेक नेताले गर्ने राजनीति भित्र आफ्नै चरित्र र स्वभावमा परिवर्तन ल्याई एकापसमा मैत्रीभाव ल्याउन सक्दैन् भने यिनीहरुले देशमा के परिवर्तन ल्याउलान र ? 

के यी देशका भित्र गददारी गर्ने नेताहरुलाई घोटेर नुहाइदिएकै भरमा गाई बनाउन सकिएला त ? 

देशमा एउटा संबिधान बनाउने नसक्ने राजनीति नेता बीचको लुछाचुँडीमा आफ्नो सम्मान ,इज्जतको गति रोक्न नसक्नेले दुनियाँको गति के रोक्न सक्लान र ?

आफनै " घर " समाल्न नसक्नेले "देश" चलाउछु भनेर डिंग हाँक्न सुहाउँछ ? यस्ता फोहरी ,भ्रष्ट ,निरज्जारा र घृणित व्यक्तित्वहरुले देशलाई "गतिलो" बनाउछु भन्दा त्यहा भन्दा ठुलो "जोक" अरु के हुन सक्छ र ? 
यस्तै अबस्था हुने हो भने अब जनताले राजतन्त्रको नै फेरि आश नगर्लान भन्न सकिन्न किन कि यो पल्ट देशमा राजनीतिको होड्बाजी र आतंकको भयमा संबिधान बन्न सक्छ कि सक्दैन भन्ने लाखौ जनताको आवाजले प्रश्नै प्रश्न खडा गरेको देखिन्छ ।

हेर्नुस साथी हो, प्रजातन्त्रको जननी मानिने बेलायत जस्तो देशमा पनि म्याग्ना कार्टा देखि बिल अफ राइट सम्म (१२१५ - १६८९ )सम्म राजाले सांसदलाई पटक पटक धोका दिएको भनेर (१६४२-१६४५ ) जन प्रतिनिधिहरु लिंग , वर्ण, जाति र सम्राट चाल्स प्रथमका बिचको भिसण गृह युद्धमा नेपाल झैँ विरोधीको साथ जनताले दिए पश्चात जनताको विशाल चाहना अनुरुप १६४९ मा उनलाई टाउको काटेर मृत्यु दण्ड समेत दिएका थिए । नेपालको राष्ट् पति रामवरण यादब झैँ क्रम बेल लड प्रोटेक्टर(सरकार प्रमुख ) पनि भएकै थिए ,तर १६५८ मा क्रम बेलको मृत्यु संगै गणतन्त्र पनि धरापमा पर्यो । 

गणतन्त्र बादीहरुले देखाएका सपनाहरु असत्य र झुठो साबित हुन् कत्ति पनि बेर लागेन र सबै कल्पना मात्र हुँ पुगे | जुन किसिमले आज नेपाली जनताको आखाँ अगाडी देशको स्थिति खडा भएको छ | त्यस्तै अवस्था भयो बेलायतको पनि |" बेलायतमा फेरी राजतन्त्र पुनः स्थापनाका लागि पहिला झैँ जनताहरुले विशाल युद्ध गर्न थाले पछी गणतन्त्र को नाममा ढर्रा गर्ने निरंकुश नेताहरुले मुख लुकाएर भाग्नु शिवाय केहि रहेन फलस्वरूप युद्ध थाम्न नसकी १६६० मै चाल्स प्रथमका छोरा चाल्स दुतीयलाई राज सिंहासनमा बासलेका थिए भने अब नेपालमा पनि त्यस्ता कुरा राजनीतिमा विज्ञ व्यक्तिलाई थाहा नै होला । त्यस्तै फ्रान्सको पाचौं गणतन्त्रको संविधान वन्ने वेलामा जनरल दिगाल जस्तो नेता र दक्षिण अफ़्रीकाको नेल्सन मण्डेला जस्तो दूरदर्शी नेता जस्ता प्रवृत्ति भएको नेता हुन नसक्दा देश र जनताले केहि नपाउने तर नेता र उन्कै नजिकका नातेदारले मात्र मालामाल गरी मोज गर्ने । त्यागि र संसारको सवै भन्दा गरिव हालको प्रधानमन्त्रीले त नातेदारको मोह त्याग्न नसक्ने हुदा कस्को आश गर्ने देश र जनताले अब ? 

जहिले सम्म देश र जनताको मायाले नेत्रृत्वलाई वेचैन हुदैन तव सम्म देशले केहि आशा नगरे हुन्छ जनताहरुले । कृपया अब नेपालमा पनि विद्वान,नेता,सबैले एकपटक बेलायतको सम्बैधानिक इतिहासको अध्ययन गर्नु भए पक्कै थाहा हुनेछ | अस्ट्रेलियाकि अहिलेकी प्रधानमन्त्रीको धार्मिक अडान र श्रीलंकाली राष्ट्रपति राजापाक्षेबाटा पनि केहि सिक देशका भ्रष्ट्राचार, देशको गौरवलाई नै धरापमा हाल्ने विदेसी दलालका देश द्रोही चम्चाहरु |

नेपाल देश हिन्दु तथा बौद्धको गरिमा भएको देशमा धर्म निरक्षेप भन्ने शब्द नै अपाच्य छ |" जसको कारण कुनै बेला पनि देश भित्र युद्ध निम्ताउन सक्छ | जसरी जनताले युद्ध गरेर राजगद्दी हटाए त्यसै गरि अब जनताले नै गणतन्त्रको मूल मन्त्रलाई इतिहास बाटै फ्यालेर राजतन्त्र घोषणा गराउन नेपालमा पनि त्यस्तो अबस्था नआउला भन्न सकिदैन अब | यदी जनताले नै चाहे भने नहुने त केहि पनि छैन |" नहुने "दिन " आउने त जनताको नाम भजाएर खाने "ठेकेदार"हरुको मात्रै हो | तसर्थ हाम्रो आग्रह छ देशको लागि अहित सोच्ने र विदेशी डलरको लोभमा डुबेका नेताहरुले आफुलाई सुधरुण र अस्ट्रेलियाली प्रधानमन्त्रीको हालैको धार्मिक वक्तब्यबाट पनि केहि सिकुन | अन्यथा तिमीहरुको नालायकीले तिमीहरुलाई नै कोतर्ने छ ,आफ्नो भलाइ चाहन्छौ भने देश र जनताको पनि हितमा सोच्ने गर हैन भन्ने जनताले अब राँको लिएर आउने युद्धको प्रतिक्षा गर !"
"हिन्दुराष्ट्र हो मेरो ,म धर्म हुँ यो देशको "

निशा खनाल अर्याल
राजविराज सप्तरी,
इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com