प्रवासी नेपालीद्वारा मृगौला रोगी दिनेश गिरीको उपचार को लागि आर्थिक सहयोग

रत्ननगर २८ माघ ,

दुवै मृगौला फेल भएर अस्पतालमा उपचार गराईर हनुभएका चरा विज्ञ दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग भएको छ ।

लालिगुरास साँस्कृतिक परि वार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लो प्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकम मध्यवाट मृगौला पिडित गिरीको उपचारको लागि २० हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो ।

आज बछौलीमा आयोजित कार्यक्रममा महासचिव लो प्चन र लायन्स क्लव अफ चितवन राइनो सिटीको अध्यक्ष राजाराम रेग्मीले सयुक्त रुपमा गिरीका भाई टिका गिरीलाई सो रमक हस्तान्तरण गर्नुभएको थियो । गिर ीको उपचारको लागि १५ लाख रुपैया लाग्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भएको भाई टिका गिरीले बताउनुभयो ।

यसैबीच लोप्चनले झुवानीमा रहेको दृष्टिविहीन विद्यार्थीहरुलाई पनि २१ हजार रुपैया सहयो ग गरिएको छ । कार्यक्रम सम्पन्न गर्न स्थानीय स्तरमा लायन्स क्लव अफ चितवन राईनो सिटीले संयोजन गरे को थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com