सौर्य उर्जा उत्पादनका लागि झन्डै १३ करोड उपलब्ध

काठमाडौँ, ८ फागुन ,

विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास सङ्गठन (आइडिए) ले ‘ग्रिड सोलार’ तथा ऊर्जा सक्षमता परियोजना कार्यान्वयन गर्न रु १२ अर्ब ९२ करोड ५९ लाख उपलब्ध गराउने भएको छ । सन् २०१५ भित्रै २५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी काठमाडौँ उपत्यकामा आपूर्ति गरिने उक्त परियोजना नेपाल विद्युत् प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

ऋण सहयतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाता र अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो । नेपालको गहिरिँदो ऊर्जा सङ्कट केही भए पनि घटाउने उद्देश्यले सहुलियतमा उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई उपलब्ध गराइएको बताउँदै देशीय प्रबन्धक कामाताले जलविद्युत् उत्पादन नेपालको विशेषता एवम् प्राथमिकता हो भन्नुभयो ।

अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुखसमेत रहनुभएका सहसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा विश्व बैंकले निरन्तर सहयोग पु¥याएकामा सरकारका तर्फबाट आभार प्रकट गर्नुभयो । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com