बार्षिकोत्सवमा अभिभावकको स्वास्थ्य परीक्षण

जुटपानी,२२ माघ

शिशिर सिंखडा : सिद्धि विनायक आवासीय मावि जुटपानी–६ खोलेसिमलको २० औं वार्षिकोत्सवको अवसरमा आज निशुल्क स्वास्थ्य शिविर एवम् खेलकुद कार्यक्रम भएको छ । 

विद्यालयका अभिभावकहरुलाई नारायणी सामुदायिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण समे त गरिएको थियो । शिविरमा १९० जनाको मधुमेह,उच्च र क्तचाप,हाडजोर्नी,नसा लगायतका रोगको स्वास्थ्य पर ीक्षण गरिएको विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेले जानकारी दिए ।

शिविरमा बरिष्ठ फिजिसिएन डा.राजु बस्ने त,डा.महेन्द्र अग्रहरी र डा.विजय गुप्ताले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । त्यसैगरी वार्षिकोत्सवको अवसरमा अभिभावकहरु बीच घैटो फुटाई,म्युजिकल चियर लगायतका खेलकुदहरु गरिएको थियो भने सप्ताहव्यापी कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवम् अभिभावकलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने, विद्यालयका निदेर्शक लिला बहादुर गुरुब,सहायक प्राचार्य सागर थापामगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।



Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com