न्यूज अभियान अक्षय कोषमा थप सहयोग प्राप्त

काठमाण्डौ माघ २४ ,

सागर श्रेष्ठ : राम्रो कामको थालनी आजै बाट गरौं किनकी साना–साना कामहरुबाट समाजमा ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने मान्यताको साथ अघि बढेको न्यूज अभियान अक्षय कोषले असहाय, टुहुरा, गरिब बालबालीकाहरुको शिक्षा र स्वास्थ्यमा काम गरि रहेको छ ।

यस कोषको फेसबुक पेज तथा यस कोषले गरेका राम्रा कामहरुको प्रसंसा गर्दै समाजसेवी, जलस्रोतका अग्रज तथा बौद्धिक स्रोत परिचालन केन्द्र नेपालका संस्थापक अध्यक्ष पि.पि अधिकारी जीबाट रु २० हजार प्राप्त भएको छ । त्यसैगरी युवा समाजसेवी शन्तोष साप्कोटाबाट रु ५५५ र समाजसेवी, लेखक टंक उप्रेतीबाट रु २२२२ यस कोषलाई हस्तानतरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com