जिग्याँसुको दोस्रो गजल संग्रह ''जून हराएको रात '' विमोचन

काठमान्डू फागुन  १०,

नारीदर्पण : जहाँ नेपाली त्यहाँ नेपाली साहित्यको साधना । स्वदेश गैडाकोट घर भै यतिखेर मध्यपूर्व इज़रायललाइ आफ्नो कर्म क्षेत्र बनाइ नेपाली साहित्य आकाशलाइ उठाउन  सदा तत्पर लागिरहनुहुने गजलकार कल्पना पौडेल ''जिग्याँसु'' ले दोस्रो गजल संग्रह ''जून हराएको रात '' लिएर आफ्ना पाठक माझ आउनु भएको छ  ।

दुई बर्ष अघि मात्रै  प्रथम गजल संग्रह '' भावनाका भेलहरु '' प्रकाशित गर्नुहुने गजलकार जिग्याँसु ले यति छोटो समयमै दोस्रो गजल संग्रह लिएर आउनु भएको छ । फागुन ९ गत्ते २०७१ शनिबार  हाम्रो मझेरी साहित्य प्रतिष्ठानको १५ औं बार्षिक उत्सबको अवसरमा ''जून हराएको रात '' दोस्रो गजल संग्रहको बिमोचन भएको थियो । उक्त गजल संग्रहमा जम्मा १०१ वटा सुन्दर गजलहरु समेटिएका छन् ।
नेपाली साहित्यलाई जस्तै माया जिग्याँसु अनाथ बालबालिकालाई पनि गर्नु हुन्छ । उहाँले आफ्नो गजल बिक्रि बाट आएको रकम  अत्यन्त निम्न, असहाय विशेष चेपांग बस्तीका बालबच्चाहरुलाई पढाउने हेतु उहाँ आफैंले खोल्नु भएको परोपकारी संस्था ''कल्पना फाउन्डेसन'' मार्फत सहयोग गर्नु भएको थियो । र, दोस्रो गजल ''जून हराएको रात '' पुस्तक बिक्रि बाट आएको सम्पूर्ण रकम उहाँ यसै ''कल्पना फाउन्डेसन'' को कोषमा जम्मा गरि ती अनाथ , असहायाहाया बालबच्चा तथा आफ्नै सन्तान द्वारा अपहेलित भएका बृद्धा-बृद्ध हरुको सेवामा समर्पित गर्ने उहाँले नारीदर्पणलाइ जानकारी दिनु भयो ।

गजल संग्रह विमोचन गर्ने क्रममा गजलका शिखर पुरुष डा: घनश्याम न्यौपानेले परिश्रमी साहित्य क्षेत्रका समृद्धि र विकासका लागि एकता तथा सहकार्यको आबस्यकता रहेको जनाउनु भएको थियो । साहित्यकार गोविन्दराज विनोदी लागाय थुप्रै साहित्यकारहरुको रामरी जमघट रहेको थियो ।

नारी चेतना र देश भक्ति भावनाहरु समेटिएको यस गज़ल संग्रह ''जून हराएको रात'' लाइ पनि प्रथम गजल संग्रह ''भावनाका भेलहरु'' जस्तै प्रिय पाठक माझ प्रिय बन्न सकोस र सबैले माया गरिदिनुहुने छ भन्ने विस्वास लियेकिछु भन्नुहुन्छ गजलकार कल्पना पौडेल जिग्याँसु । 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com