"देशभित्रको सुगन्ध नदेख्ने नेताहरु "

" किन गिद्धले सिनो लुछे झैँ एकापसमा लुछाचुडी गर्दैछन यी देशका नेताहरु ? "

चार जात छत्तिस वर्णको सुन्दर उपमा दिएर स-साना टुक्रिएका राज्यहरुलाई एकिकृत गरि राज्य विधाता पृथिवी नारायण शाहले विस्तार गर्नु भएको वलियो एकमात्र हिन्दुराष्ट्र देश भित्र निम्तिएको प्रजातन्त्रको आन्दोलन प्रश्चात आएको गणतन्त्रले देशमा परिबर्तन हुनु पर्ने एक स्वाभाबिक प्रकृया थियो।  तर नेपालको बर्तमान अबस्था दिन प्रतिदिन गम्भीर हुँदा देशको पुर्नसंरचना कसरी गर्ने भन्नेमा अडिएको छ अहिले । 

देशको चौध अंचल, पचहत्तर जिल्लाको पुरानो संरचना जनतालाई अप्चनिय भएर राज्यबाट राजालाई निकाल्न युद्ध सम्म गर्नेले देशको प्रगतिको सपना सजाएर गणतन्त्र ल्याए तर आज त्यो पनि सबैलाई अभिशाप भइ घाडो भइसकेको छ। देशको केन्द्रिय शासन प्रणालीलाई बिकेन्द्रित गरी स्थानिय श्रोत र मानव संसाधन स्थानिय रूपमा नै परिचालन, स्थानिय समस्याको पहिचान र स्थानिय रूपमा नै हुन सक्ने भन्ने कुराहरू नाजायेज थिएनन । केन्द्रिय शासन सत्ताले श्रोतको बाडफाड सामाजिक न्यायको सिद्धान्तमा नभै पहुचवालाको तजबिज र लुटेरा ,आतंककारी ,तथा गुण्डागिरीको धम्कीमा राज्यको नीति नजान्ने मुर्ख ,अनपट,स्वार्थी,जस्ता व्यक्तिको हातमा बाड्नाले राज्यबाट हुनुपर्ने सुबिधा र बिकास निमार्णमा असमानता भएको तितो यथार्थता सबैले आज अनुभव गरेको बिषय हो । 

आखिर यी नेताहरु देश टुक्र्याउन आन्दोलन भित्र्याउँन किन लागि परेका हुँन? कस्तो र कत्रो राज्य चाहिएको हो त ? आयश्रोतको खानी भएको सुन्दर नेपाल आफैमा पूर्ण छ यो राज्य झनै एक अर्काको पुरकको नाताले भन्नु पर्दा तराइलाई बिजुली पहाडले उपलब्ध गर्छ भने पहाडलाई अन्न र अन्य सुबिधा तराइले दिदैआएको छ यसरी राज्य सम्पूर्ण रुपले भरिपूर्ण र परिपुरक छन र पनि हाम्रो देश नेपाल हिमाल, पहाड र सबै क्षेत्र तराई मिलायर बनेको सुन्दर देश पर्यटकीय हिसाबले, जलश्रोतको हिसाबले र खनिज प्रदार्थको अर्थात् कृषिको हिसाबले र आत्म निर्भरताको हिशाबले यो देश आफैमा बलियो राज्य छ ।"उखानै छ हरियो बन नेपालको धन " तर आज आएर देश टुक्याउन तलिन देश द्रोही नेताहरुले साना-साना जातीय राज्य बनाउने सपनाले खण्डित हुदै गएको देश भित्र महंगी,अलपत्र बाटोघाटो ,किचंगल ,तोडफोड ,लुटपाट जस्ता कार्यले गर्दा दिनप्रतिदिन साधन र श्रोतको अभावले राज्य बिकसित र बलियो हुन् सक्दैन भन्ने बोध हरेक जनतामा हुँदै जाँदा जसको फलस्वरूप जनताले हिजो भन्दा आज धेरै दुख ,पीडाको सामना गर्नु परेको यथार्त सबैको अगाडी छर्लंग भएको छ । 

 राज्यको नीति सम्म नजान्ने देशका राजनीतिक नेताहरु यी त कुइएको सिनोमा किरा पलाए झैँ गरि  भित्र भित्रै मौलाउने  किराहरु हुन अब यस्ताको  हातमा हामीले देशलाई सुम्पिने भ्रममा नबसौ किन कि यिनीहरुको दाउ र योजना भनेकै जनतालाई लडाई देशमा आन्दोलन मचाएर आफु कुर्सीमा राज गर्दै आफ्नो दुनो सोझ्याउनु  र जनता बीच,जात पात ,लिंग,धर्मको आगो सल्काई देशलाई सखाप पार्नु, हो भने देशलाई बिदेसी दलालको हातमा सुम्पिएर खण्ड पारि टुक्याउने यिनीहरुको नीति  हो, भने सोझा र अर्ध सिक्षित जात जातिको प्रयोग गरेर आफ्नु खुट्टामा राम्रो जुत्ता लगाउन नसक्ने आज अरबौंको महलमा  शान र  यस आरामको जीवन ब्यतित गर्दै पिजडा गाडीमा हुइकिदै  आफुलाई महान नेता भनेर सिद्ध गर्न तलिन हुनु हो ।

यिनीहरुले जुन संबिधान बनाउने संबिधानसभाको बैठकको लागि जुन कमिटि गठन गरेका थिए त्यो त मात्र जनताको आँखामा धुलो छ्याप्नु थियो,किन भने जुन सभासद भित्रको मिडियाबाट भिडियो सार्बजनिक भएको थियो । त्यो विश्व भरि हास्यास्पद बनेका यी नेताहरुले गर्दा "घर फुटे गवार लुटे"भने झैँ गुण्डागर्दीबाट एउटा गरिमामय सभासद  पदमा भित्र रहेका नेताबाटै तोडफोड र हातपात जस्ता क्रियाकलाप भएको देख्दा दुख र लाज लागेर हामी विदेश रहेका नेपालीको शिर झुकेको छ । 

म निर्धक्क भएर भन्न सक्छु  यी मुकुंडाधारी नेताहरुको भित्रि योजना धर्मको आडमा देशलाई टुक्याउनु र बिदेसी दलालको हातमा सुम्पिनु हो । तर उखान छ नि "लाटो लड्छ एक बलडयांग बाठो लड्छ तीन बलडयांग भने झैँ यी देश द्रोही नेताहरु जनताको आत्मा भित्र देखि ,नजरदेखी गिर्दै गएको यिनीहरुलाई थाहा छैन । जनताको भावनाबाट ,विश्वशबाट  यिनीहरुको  भित्रि योजना त सय बलड्यायांग लडीसकेको छ ।  र पनि जनताको आखाँमा खुर्सानीको धुलो छ्प्यादै आएका ढोंगी नेताहरुले  सभासद भवन भित्र समेत खुर्सानीको धुलो राख्ने योजनाले भन्न सकिन्छ  कि  देशलाई हजार बल्ड्याग लडाएर,छिन्नभिन्न गर्दै यी देश द्रोही नेताहरु गुण्डा गिरीको भरमा अझै पनि आफ्नो मतलब सिद्ध गर्न तलिन छन । अब पनि हामी जनताले आँखामा पट्टि लाएर बस्ने हो भने देश पाखण्डीको हातबाट बजारिएर बिदेसी दलालको हातमा पर्न गयो भने हामी लगायत हाम्रा भावी सन्ततिको भबिश्य समेत अन्धकारमय हुनेछ त्यो बेला देश गुमाउनुको पिडा र सन्ततिले पछुतो गर्नु बाहेक केहि रहने छैन ! 

त्यसैले अब हामीले गम्भीर भएर सोच्नुपर्ने अबस्था सिर्जना भएको छ ।यस्ता क्रियाकलापबाट उत्पन हुने देशभित्र सामाजिक गरिवी र खुला अर्थतन्त्रले हुने खानेलाई ,आतंक मचाएर लुट्न सक्ने व्यक्तिले कुर्शीवाट सुबिधा प्रदान गर्ने हुनाले यिनीहरुलाई सभासद्बाट फाले सम्म सामाजिक संरक्षणको अभावमा बिपन्न वर्ग र सम्पन्न वर्गको खाडल बढ्दै जादैछ । आज जनताले फेरी हिजोको झैँ यहि नारालाई समाएर राज्यको पुर्नसंरचना र जातीय बर्गको उत्थानको नाममा उग्रनाराले सामाजिक चेतनाको बाढी नल्याउलन भन्न सकिन्न । आज फेरी देशमा भैरहेको सभासदहरुको होड्बाजी र खिच्चातानी माहोलबाट पहिचानको आधारमा राज्यको पुर्नसंरचना गर्ने नाराले फेरी देश तातेको छ । 

जातिय पहिचानको नारा नेपाल जस्तै कम बिकशित देशमा पनि पचास बर्ष पहिला बिश्वमा चलेको थियो। उपनिबेशबाट स्वतन्त्र भएका अफ्रिकी नाइजर, सोमालिया आदी देशमा जातिय राज्यको रूपमा देशलाई  बिभाजन गरे । फलस्वरूप भिन्न जातजाती बिच श्रोतको बाडफाड र मानव संसाधनमा किचलो पैदा भयो फलस्वरूप सानोबाट आगो झै देश भर गृहयुद्धको स्थिती देखा पर्यो। यो स्थिती अब फेरी नेपालमा गणतन्त्रको अन्त गर्दै र राजतन्त्र स्थापना नहोला  भन्न सकिन्न किनकी यस्तो किसिमको आपसी सांसद भित्रको बिबादले अवश्यनै फेरी देशमा युद्ध निम्त्याउने छ । 

 नेपालको प्रजातान्त्रिक अभ्यासको जग बलियो छैन भनेर गणतन्त्रको चाहना गर्नेहरु आज बिग्रिदो हिजो भन्दा आजको देशको अवस्थाले निसासिन थालिसके । छिमेकी देश भारतमा स्वतन्त्रता पछि बोलिने भाषाको आधारमा राज्य बिभाजन गरियो। अझै पनि भारतका केरला र तामिलनाडुका बहुसंख्यक जनता भारतको राष्ट्रिय भाषा बोल्न लेख्न जान्दैनन। नेपाल भारतको एक राज्य भन्दा पनि सानो भुभाग छ। यस भित्र सय भन्दा बढी जात जाती र संप्रदाय छन । तिनीहरूको सामुहिक पहिचानमा एक बिशेषको नाममा राज्यको नामाकरण गरिदा अपच हुने हरुले आज आतंकको भरमा देश भित्र पसेकाको हातमा राज्यलाई सुम्पिदिनाले  कत्तिको जायज कत्तिको जायज थियो होला ।  

एक जटिल प्रश्न बनेर बसेको उभिएकोछ आज ? सडकमा पालै पालो जातिय विवाद ,धर्मको विवाद गराउदै देशको नाममा सडक तताइने गरिन्छ। बम र बारुद्ध,गुण्डागर्दी गरेर साधारण जनतालाई तर्साइन्छ,अनि आदीबासीको परिभाषा ,जात जातिको लडाई गराउन उनीहरुको आपसी धर्मको पहिचान गराएर एक आपसमा लडाई गराउने अर्को जटिल पश्न खडा भएकोछ । तर नेता र राजनीति गर्ने नेतामा ,राज्यको नीतिलाई आत्मसाथ गरि दृढ इच्छा शक्ती र राष्ट्र प्रतिको संमर्पण भएको भए  देशको बिकासमा कुनै पनि व्यक्तिको नामको कुनै अर्थ रहदैन्थ्यो । राज्यको नीतिको ख्यालनै नगरी  बिना भेदभाव राज्यको मुलधारमा समान अबसर प्रदान गरेको भए  सम्पूर्ण गरिबीको रेखा मुनी रहेका जनजातीको उत्थान हुदै जादा देशभित्र आफै प्रगति हुने थियो नकी बम र बारुद्धको नाममा त्रास बिशेषले देश भित्रको बिकास ।

" अझै हाम्रा हातहरु पौरखी नै छन ,
चाहे आउँन जो सुकै चुपचाप बस्दैनौ ,
खुकुरीका धार झैँ धारिला हात हाम्रा,
साम्राज्यवादी विस्तारबादी केहि देख्दैनौ,

यदी गर्छन हस्तक्षेप भने हाम्रो नेपाल,
खुकुरीका धारले छिनाउँछौ उनका हात ,
अझै हाम्रो नेपालीपन कहिँ गाँको छैन ,
हिम्मत,आँट,जाँगरमा खियाँ लाको छैन ,

शिर ठाडो बनाएर देश जोगाउँछौ ,
हिन्दुराष्ट्र नामलाई सधै चम्काउँछौ 
हाम्रो सागरमाथ नेपाल जन्म थलो हो,
यही माटोलाई हामी पौरखी बनाउँछौ ,

निशा खनाल अर्याल 
राजविराज सप्तरी 
हाल इजरायल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com