बालविवाह बढ्डो

खजुरा (बाँके), ७ फागुन ,

शिक्षा, स्वास्थ्य र पूर्वाधारको पहुँच रहेको जिल्लामा बालविवाह बढ्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना–२०६८ अनुसार जिल्लामा १० वर्षमुनिका एक हजार ८५४ जनाले बालविवाह गरेका छन्, जसमा बालिका एक हजार ५८९ र बालक २६५ जना छन् । 

जनगणनाअनुसार १० देखि १४ वर्षको उमेर समूहमा ३२ हजार ६७६ जनाले जिल्लामा बाल विवाह गरेका छन्, जसमा बालिका २५ हजार ६६५ र बालक छ हजार ४११ छन् । पन्ध्र वर्षदेखि २० वर्ष उमेर समूहमा एक लाख नौ हजार ५० जनाले बालविवाह गरेका छन् । तथ्याङ्कअनुसार बालिका ८० हजार ३०६ र बालक ४८ हजार ७४४ जनाले विवाह गरेका छन् । 

जनगणनाको १० वर्षभित्र बाँके जिल्लामा एक लाख ६३ हजार ५८० जनाले बालविवाह गरेका छन्, जसमा एक लाख सात हजार ५६० बालिका र ५६ हजार २० जना बालक छन् । सो अवधिमा बालकभन्दा बालिका विवाह दुई गुणा बढी छ । बालविवाह गर्नेमा जिल्लामा दलित, मधेसी र मुसलमान समुदायका बालबालिका अगाडि छन् । 

महिला तथा बालबालिका कार्यालय बाँकेका प्रमुख प्रभा श्रेष्ठले सामाजिक संस्कार, जानी नजानी तथा देखासिकीका कारण जिल्लामा बाल विवाह बढेको बताउँदै तर विगतका वर्षभन्दा कमी आएको जिकिर गर्नुभयो । 

 बाल विवाहका घटना बढे पनि कानुनी कारबाहीको प्रक्रियामा भने नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक वर्षमा जिल्ला प्रहरी र जिल्ला अदालतमा एउटा बालविवाहको मुद्दा परेको छ । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com