कुवेतवासी नेपालीवाट संकलित रकमबाट सुकुमवासीलाई खाद्यान्न र आर्थिक सहयोग

चितवन २६ माघ 

होमनाथ सापकोटा : रत्ननगर–५ वाघमारामा रहेका बाढिपीडित सुकुमवासीहरु लाई आज खाद्यान्न,कपडा र आर्थिक सहयोग वितरण गरि एको छ । लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवे तमा रहेका नेपालीहरुवाट संकलित रकमवाट सुकुमवासीहरु लाई खाद्यान्न,कपडा र आर्थिक सहयोग गरिएको हो । 

गत साउन महिनामा आएको बाढिवाट पीडित २१ घर परिवार लाई प्रतिपरिवार एक वोरा चमल,५ किलो दाल, एउटा ब्लाबकेट र एक हजार रुपैयाका दरले सहयोग गरिएको महासचिव लोप्चनले जानकारी दिनुभयो । आर्थिक अभावले जीवनयापन गर्न समस्या भोग्दै आएका सुकुमवासीहरु खाद्यान्न,कपडा र आर्थिक सहयोग पाएपछि खुसी भएका छन । 
लायन्स क्वल अफ राईनो सिटीले स्थानीय स्तर मा संयोजन गरी आयोजना गरिएको सहयोग हस्तन्तरण कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद खनाल र लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवे तका महासचिव डिवी लोप्चनले सयुक्त रुपमा सुकुमवासीहरु लाई सहयोग हस्तान्तरण गर्नुभएको थियो । 

त्यसैगरी र त्ननगर–१७ मा रहेको टासी उर्गेन गुम्वालाई पनि कुवे तमा संकलित रकम मध्य ६० हजार ५ सय रुपैया सहयोग गरि एको छ । सो अवसरमा लालिगुरास साँस्कृतिक परिवार नेपाल– कुवेतका महासचिव लोप्चनले कुवेतमा साँस्कृतिक कार्यक्रम गरेर उठेको र कुवेतमा रहेका नेपालीहरुवाट संकलित र कमवाट सुकुमवासीलाई खाद्यान्न,कपडा र आर्थिक सहयोग गरिएको बताउनुभयो । 
कार्यक्रममा लायन्स क्वल अफ र ाईनो सिटीका अध्यक्ष राजाराम रेग्मी,रत्ननगर नगर पालिकाका संस्थापक नगरप्रमुख नारायण वन,लोक गायक मिलन लामा,राईनो सिटीका पूर्व अध्यक्ष निरज श्रेष्ठ,सचिव पुष्पराज श्रेष्ठ लगायतले वोल्नुभएको थियो । लालिगुर ास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com