नेपाली साङ्ंगितिक आकशको नयाँ सम्भावना: गायीका डेनी With Video. . .

काठमान्डू पुष २४,

आशिष घिमिरे : पर्स्व गायनमा सम्ंभावना बोकेकी प्रतिवाशली एबम सुमधुर स्वरकी धनी गायीका डेनी रेग्मीको गीत ‘चोलीको तुनामा’ अहिले बजारमा आएको छ  । आशिष घिमिरेद्धारा निर्माण गरिएको यस म्यूजिकको भिडियो छायांकन काठमाठौं, पोखरा तथा चितवनका विभिन्न स्थानहरुमा गरिएको छ ।

यस गीतमा शब्द शिव पि सुबेदीको रहेको छभने संगीत बिपिन आचार्यको रहेको छ। संगीतकार आचार्य पर्स्व गायनमा गायीका रेग्मीमा ठुलो सम्भाबना देखको बताउछ्न्। नेपाली साङ्गितिक क्षेत्रमा महिला गायीकाको कमी भएको अवस्थामा गायीका रेग्मीको आवाजले नयाँपन ल्याएको बताउछ्न् संगीतकार आचार्य । चितवन निवासी रेग्मीको सुमधुर स्वरमा रहेको गीतले बिशेषत युवा पंक्तिलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । यस गीतलाई रास क्रीएसनले बजारमा ल्याएको छ ।

युवाहरुको रोजाई र माग बुझेरनै आफ्नो पहिलो गीत डान्सिङ नम्बर बजार ल्याएको र छिट्टै आफ्नो आवाजमा नयाँ एल्वम बजारमा ल्याउने तयारीमा रहेको गायीकारेग्मीले बताइन् । उनले केहि फिल्ममा समेत गीतका लागि प्रस्ताव आएको तर यो गीतको प्रतिकृया हेरेर मात्र कस्तो गीतमा बढि ध्यान दिने भन्ने निर्णय गर्ने बताइन।

रेग्मिकै स्वोरमा रहेको अर्को गीत पनि रेकडिङ सकिएर चाडै बजारमा आउन लागेको छ, जुन गीतको भिडियो अष्ट्रेलियाको एडिलेट शाहरमा छायांकन हुन लगेको हो  । उक्त भिडियोमा एडिलेटमा नै बसोबस गर्ने सन्तोश अधिकारी मोडेलको रुपमा देखिन लागेका छन । अष्ट्रेलियामा लामो समय देखी मोडेललिङ गर्दै गरेका मोडेल अधिकारीको यो भने पहिलो म्युजिक हुनेछ । यो भिडियोबाट अफु स्तापित हुनेमा उनि ढुक्क छन ।

यस्तो छ रेग्मिको स्वरमा सजिएको पहिलो गीत:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com