हरि लामीछानेको "साइन इन" विमोचन I

​न्यु योर्क माघ १३,

बिजय थापा : जनवारी २५,२०१५ ​ आफ्नू दैनिक काममा व्यस्त भएर पनि युवा पुस्ताका गायक हरि लामिछानेले आफ्नू पहिलो साङ्गीतिक एल्बम "साइन इन" सरस्वती पूजाको अवसर पारेर न्यु योर्कको रिजवुडमा रहेको दुर्गा मन्दिरमा विमोचन गर्नु भएको छ । 

करिब दश वर्ष अघि देखि सङ्गीत सिक्दै र गुन्गुनाउदै साङ्गीतिक यात्रा सुरु गर्नु भएका गायक लामिछाने दुई वर्ष देखि अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएको छ । नेपाली समुदायमा हुने विविध साङ्गीतिक कार्यक्रमहरूमा उहाँ आफ्नू साङ्गीतिक कला प्रदर्शन गर्दछन। 

राम तामांग, चर्चित ढुंगेल,छत्र लामा , सहदेव पौडेल र आफ्नै शब्दहरुमा गायक लामिछाने सङ्गीत भर्नु भएको गीतहरुलाई सुनिल बर्देवा, राजन इशान, विवश पौडेल र सन्नी गिलले एरेन्ज गर्नु भएको छ। एल्बममा प्रमोद निर्वाणले एउटा गीतमा सङ्गीत गर्नु भएको छ। 

"साइन इन"मा जम्मा ६ वोटा गीतहरू समावेश छन्। यो एल्बम एसियन म्युजिकले बजारमा लेराएको हो। सानो र आत्मीय कार्यक्रममा गुरु उद्दब शास्त्रीले मन्त्रोउचारण गर्दै उपस्थित अतिथिहरुको बिचमा विमोचन गीति एल्बम "साइन इन​" ​को गरिएको थियो। 
कार्यक्रममा नेपाली अमेरिकन कलाकार सङ्घका अध्यक्ष गम्बु सेर्पा, साहित्यकार शकुन्तला ज्ञवाली, रिजवुड नेपाली समाजका सहकुल खत्री,भुवनेश्वर अधिकारी र सुनिल बुढाथोकीले बधाई एबम शुभकामना दिनु भएको थियो।कार्यक्रमको अन्त्यमा गायक लामिछानेले आफ्नू नयाँ एल्बमका गीतहरू सुनाउनु भएको थियो भने कार्यक्रमको संयोजन सहदेव पौडेलले गर्नु भएको थियो।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com