दबाबमूलक रचना वाचन कार्यक्रम सम्पन्न I

सुर्खेत २५ पौष ,

खगेन्द्र अधिकारि : सुर्खेतको वीरेन्द्रनगरमा आज मध्यपश्चिमाञ्चल गजल मञ्चको आयोजनामा माघ ८ मैं संविधान जारी गर्न दबाब दिने उद्देश्यले दबाबमूलक रचना वाचन कार्यक्रम जिल्ला प्रशासन कार्यालय सुर्खेतको मुलगेटमा सम्पन्न भएको छ ।

साहित्यका विभिन्न विधाहरुमा प्रस्तुत गरिएका रचनाहरुले माघ आठ मैं संविधान जारी होस् भनेर सरकार र सत्तामा बस्नेलाई कतै आग्रह त कतै दबाबसहितको भाव ब्यक्त गरेका थिए । कतिपय साहित्यकारहरुका रचनाले संविधान माघ आठमा जारी भएन भने त्यसको दोष सरकार लगायत राजनीतिक दलका सम्पूर्ण नेताहरुलाई जाने उद्घोष पनि गरेका थिए । कार्यक्रममा सुर्खेत, अछाम, कालिकोट, जाजरकोट, बर्दिया, दैलेख, जुम्ला लगायत मध्यपश्चिमका विभिन्न जिल्लाबाट आएका साहित्यकारहरुले आ–आफ्ना रचनाहरु वाचन गरेका थिए ।

उक्त कार्यक्रममा महेन्द्र चन्द “महासागर” खगेन्द्र अटल, ऋषि सुदामा, पहल असिम थापा, कृष्ण विरही जलन, झलक वली, विद्या निर्दोष पहाडी, विष्णु महतारा, प्रतिभा थापा, विष्णु शर्मा “अथकमनु”, गणेश कञ्चन थापा लगायतले रचना वाचन गरेका थिए । कार्यक्रम मध्यपश्चिमाञ्चल गजल मञ्चका अध्यक्ष खगेन्द्र अधिकारी “अमृत”को अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संस्थाका महासचिव धिरेन थापा “अनुपम”ले संचालन गरेका थिए ।
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com