निशुल्क स्वास्थ्य शिविर I

२५ पुस ,

शिशिर सिम्खडा : सुनौलो बचत तथा ऋण सहकारी संस्था जुटपानीको आयोजानामा निशुल्क स्वास्थ्य शिविर आज जुटपानीमा सम्पन्न भएको छ ।

संस्थाको प्रथम बार्षिकोत्सवको अवसरमा आयोजित शिविरमा पुष्पाञ्जली अस्पतालका डा.भोजराज अधिकारी,डा.संदिप पाण्डे,डा.रामसुन्दर तोयवा,डा. शुशिल अधिकारीले विरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविर मा पेट,छाती,हाडजोर्नी,नसा,सुगर,पेसरका विरामीहरुको स्वास्थ्य परीक्षणका साथै निशुल्क औषधि उपलब्ध गराईएको संस्थाका अध्यक्ष निराजन गौलीले जानकारी दिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com