युगान्डामा नेपाली सेफको निधन I

डिसी पुष २५,

विजय थापा : १५ बर्ष देखि युगान्डामा कार्यरत नेपाली सेफको निधन भएको छ । जुभुंग -९ , गुल्मी घर भै हाल बुटवल निबासी दान बहादुर खत्रीको उपचारको क्रममा मुलागो अस्पताल, कम्पाला ,युगान्डामा असामयिक निधन भएको हो ।

खत्री युगान्डाको कोलोलो ,कम्पाला स्थित खाना खजाना रेस्टुरेन्टमा सेफको रुपमा कार्यरत थिए । खत्रीको असामयिक निधन प्रति गैर आबासिया नेपाली संघ अफ्रिकाका संयोजक हिक्मत थापा तथा युगान्डाको अध्क्षय रमेश कंडेलले गहिरो शोक प्रकट गर्दै शोक सन्तप्त परिवार प्रति समबेदना प्रकट गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com