बनेपा माघ १४,
काभ्रेपलाञ्चोक जिल्लामा व्यावसायिक किवीखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ ।
किवीबाट कृषकले पर्याप्त मात्रामा आम्दानी लिन सकेको र किवीको फलको मूल्य पनि बजारमा बढी भएकाले त्यसप्रति कृषकको आकर्षण बढेको जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बागवानी अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।
उ
हाँका अनुसार अहिले बजारमा किवीको मूल्य रु २०० देखि रु ४०० सम्म प्रतिकेजी रहेको छ । यसको प्रविधि र बजारलाई व्यवस्थित गर्न सके कृषकले पर्याप्त मात्रामा लाभ पाउन सक्ने उहाँको भनाइ छ । बागवानी अधिकृत थापाका अनुसार गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा गरिएको किवीखेतीबाट ५५ मेट्रिक टन उत्पादन भएकामा यस वर्ष छ हेक्टर क्षेत्रफलमा ५७ मेट्रिक टन किबी उत्पादन भएको छ ।
जिल्लामा काभ्रे, शारदा बतासे, साँगा, सुब्बा गाउँ, कानपुरलगायतका क्षेत्रमा किवीको उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बाली विकास अधिकृत थर्कबहादुर जिसीले अन्य लोकप्रिय फलजस्तै यसलाई उपभोग गर्ने बानी नपरिसकेकाले केही समस्या देखिएको बताउनुभयो । रासस