श्रीस्वस्थानी व्रत आरम्भ I

 
"मार्कण्डय पुराण"
 
शिव मन्त्र-

"देव-देव महादेव नीलकंठ नमोवस्तु ते ।
कर्तुमिच्छाम्यहं देव शिवरात्रिव्रतं तब ॥

तब प्रसादाद् देवेश निर्विघ्न भवेदिति ।
कामाद्या: शत्रवो मां वै पीडांकुर्वन्तु नैव हि॥"

हिन्दु शास्त्रको मूल ग्रन्थ हुन वेद जुन आज भन्दा करिव 3500 बर्ष अगाडी रचना गरिएको मानिन्छ। पछि यिनै वेदलाई आधार मानेर 18 पुरांणको रचना गरियो यी मध्ये वर्तमान पौषशुक्ल पूर्णिमा देखी माघ शुल्क पूर्णिमा सम्म पाठन गरिने श्रीस्वस्थानी ब्रत कथा मार्कण्य पूराणको हिमबत खण्डबाट झिकिएको हो।
 मार्कण्डय पुराण आकारमा सानो भएपनि, यसमा एक सय सैतिस अध्याय रहेको पाइन्छ भने  मार्कण्य ऋषी द्वारा रचित भएको हुनाले यसको नाम ऋषीकै नामबाट मार्कण्ड पूराण रहन गएको हो भन्ने भनाई छ। खास गरी यसमा दुर्गा चरित्र एंव सप्तशतीको बर्णन गरिएको छ।

मानव कल्याणको लागी हरेक तरहका नैतिक, सामाजिक आध्यात्मिक र भौतिक बिषयको प्रतिपादन गरिएको छ। गृहस्थी जीवनको लागी कसरी अर्थोपार्जन गर्ने, शरिर स्वस्थ्यको लागी आयुर्बेद सिद्धान्त अनुसार शरिर बिज्ञानको पनि राम्रो विवेचना गरिएको पाइन्छ भने  मन्त्र बिद्या द्वारा कसरी गृहस्थी जीवनको उपयोगिता, पिता एंव अतिथी प्रतिको कर्तब्य निर्बाह, बिबाहको नियमहरू स्वस्थ एंव सभ्य नागरिक बन्नको लागी चाहिने उपायहरू, मानव सदाचारका उपायहरू, सत्संगको महिमा, कर्तब्य परायणता, त्याग र पुरूषार्थको महत्व दी बारे बिशेष महत्वका साथ बर्णन गरिएको यो कथामा  मुनष्यलाइ सत्मार्गमा लैजान पुनर्जन्मको शिद्धान्तको साहारमा नरकको भय देखाइएको पाइन्छ । करूणा बाट प्ररित रहेर पुजा पाठ जप तप गर्नु, ॐ को साधना गर्नु श्रेष्ठ बताइएको छ भने  पुराणमा अनेक कथाबाट शिक्षा प्रदान गर्न खोजिएको छ। एक कथा मदालसाको कथा द्वारा ब्राह्मण धर्म, क्षत्रिय राजाको साहस, कर्त् ब्य परायणता तथा राजधर्मको सुन्दर विवेचना गरि भनिएको छ कि जुन राजाले प्रजाको तथा देशको रक्षा गर्न सक्दैन त्यो राजा नरकको अधिकारी हुन्छ।

यस पुराणमा नारीको पतिब्रता धर्मको बारेमा बिशेष महत्व दिइएर बिभिन्न कथा उप कथाको बारेमा बर्णन गरि  कसरी नारीलाइ आफ्नो धर्म बारे त्यागी र समर्पण युक्त बनाउन सकिन्छ भन्ने बारे धेरै ब्याख्या गरिएको छ । नारीले पुत्रको लागी उच्च कोटीको आध्यात्मिक शिक्षा दिनु आवश्यक छ भन्ने जस्ता महत्वपुर्ण कुरालाई विशेष अंकित गर्दै, धर्म आचरण, सत्संगत, राजधर्म, कर्तब्य परायण बाट एक आदर्श राजा हुन सक्छ भन्ने कुरा दर्शाइएको पाइन्छ । कथा द्वारा आमाको महत्व, आधात्म, वैराग्य, गृहस्थ धर्म, राजधर्म र कर्तब्य पालनाको राम्रो शिक्षा पनि दिइएको पाइन्छ त्यस्तै हामीले स्वस्थानीको शुरू शुरूको अध्यायमा पढ्ने गरेको बह्मा द्वारा पुरूषको सृजना र उसैको आधा भागबाट नारीको सृजना गरी मैथुनबाट सृष्टि संचालन भएको समेत उल्लेख भएको यो कथामा  बिभिन्न दिप उपदिपको बारेमा ब्याख्या गरेको पाइन्छ । यहा सम्पूर्ण सृष्टी सूर्यलाई मानिएको र  सूर्य सम्बन्धी अनेकौ  कथा जोडिएका पाइन्छ ,त्यस्तै  दुर्गाबाट मधुकैटभ महिषासुर, शुंभ निशुंभका साथै अरू रक्त बिजको वध  गरेको उल्लेख भएकोछ । आसुरी शक्तीको बिनासको लागी शक्तिस्वरुपा देवीको अबतार गराइएको यो कथामा सानो उपमा " विनास काले विपरित बुद्धि "। पुराणामा काल गणनाको बारेमा रहस्यमय कुरा समेत उल्लेख भएको र  पुराणमा काल गणना मेमन्वन्तरको एक इकाइ मानिएको छ। भनिएको छ कि बह्माको एक दिन चौध मेमन्वन्तर हुन्छ। यस गणना अनुसार आजको हिसावले ब्रह्माको एक दिन आजको समयको एक करोड उन्नीस लाख अट्ठाइस हजार दिब्य बर्ष हुन्छ। एक चतुर्युगमा बाह्र हजार दिब्य बर्ष हुन्छ। ब्रह्माको एक दिनमा चोध मनु हुन्छ। पुराणको यो समयको गणना अत्यन्त अद्भूत मानिन्छ।

त्यस्तै आज माघ शुल्क पूर्णिमाको दिन मार्कण्य पुराण अन्तर्गत  हिमबत खण्डमा ब्याख्या गरिएको श्री महादेव र शक्तिस्वरुपा पार्वतीको पुजन बिधी र कथा जुन हामी श्री स्वस्थानीको नामले बाचन गर्दै आएका छौ ।,  पौराणिक कथा प्रतिकारत्मक हुन, बैज्ञानिक परिमार्जनको खाँचो  त छ र पनि हामीले यसरी बुझ्नु पर्ने हुन्छ । ब्रर्त भन्नाले कर्म हो नित्य काम हो। पुजा पाठ मात्र हो बनी बुझ्नु भावको पूर्ण अर्थ नबुझ्नु हो। पार्वतीले ब्रर्त बसेर श्री महादेव पति पाएको कथाले हात बाधेर बसी मनोकाक्षा पुरा हुदैन, उदेश्य अनुसार काम गरे सफल भइन्छ भन्ने यो कथाको महत्वपुर्ण उपदेशहरु रहेकोछ । यो पवित्र प्रेम कथा पनि हो। पार्वतीले श्री महादेवलाई माया गर्थिन प्रेमबिबाहलाई मागी बिबाहमा परिणत गरिन अथक परिश्रम र लगाव अनि विश्वाशले । 
 
कर्म,त्याग,दुःख ,निर्मल सोच र कोशिश गरे फल पाइन्छ  भन्ने यो कथाले प्रेरणा  दिएको छ  । पृथ्वीको सृष्टीबाट शुरू भइ सत्यको(दानवको नष्ट) सधै बिजय हुन्छ भन्ने कथा प्रसङ्ग राखेर गोमा जुन सत्य निष्टमा भई आफ्नो स्थानमा रही कत्तिपनि बिचलित नभै भक्ति भावले पुजा पाठ (आफ्नो नित्य कर्तब्यको पालना गरि जुन जे गरे पनि उनै इस्वरको कार्य गरेको हुँ ) भन्दै गर्छिन र अन्त्यमा सुख पाउछिन। निस्फल काममा लागे अन्तत सुख हात लाग्छ। देवताका पनि देव महादेव भक्तको उपकारको लागी बाध्यकारी छन भनी यस कथाको  प्रसङ्गमा रोचक पूर्ण तरिकाले दर्शाइएको छ। यस्ता देवका पनि देव श्रीमहादेव गौरीशंकरलाई कोटी प्रणाम गरौ,"श्रीस्वस्थानी माताले हामी सबैको रक्षा गरुन,"ओम् नमो शिवाय "

निशा खनाल अर्याल
राजविराज सप्तरी
हाल इजरायल
 
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com