१५ लाखको सहकारी गाई फार्म सञ्चालन I

काँकडभिट्टा (झापा), १२ माघ ,

साना किसान कृषि सहकारी संस्थाले रु १५ लाखको लागतमा सहकारी गाई फार्म सञ्चालन गरेको छ । माहारानी झोडा बचत तथा ऋण सहकारीले दूधलाई प्याकेजिङ गरी बजारमा ल्याउने तयारीमा लागेपछि दूधको मागलाई सहज बनाउने उद्देश्यले गाई फार्म सञ्चालन गरिएको साना किसान कृषि सहकारीकी अध्यक्ष मिना ढकालले बताउनुभयो । 

फार्ममा रु १५ लाखको लगानीमा उन्नत र मझौला जातका गरी १५ वटा गाईहरू राखिएको व्यवस्थापक चिरञ्जीवी भण्डारीले बताउनुभयो । दूधको उत्पादनसँगै बाच्छाबाच्छी पनि उत्पादन गर्ने र गाउँमै युवालाई रोजगारी दिने उद्देश्यसमेत राखिएको व्यवस्थापक भण्डारीले राससलाई बताउनुभयो । झापाकै नमुना सहकारीका रूपमा रहेको यस सहकारीमा १५ हजार ६३ जना महिलामात्र सदस्य रहेका छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com