बंगलादेशमा निजी टेलिभिजन संस्था ईटीभीको प्रसारण मंगलबार बिहानदेखि बन्द I

ढाका (एएफपी), पुस २३ ,

बंगलादेशमा सरकारी अधिकारीहरूले एक टेलिभिजन बन्द गर्न आदेश दिएका छन्। टीभीका साहुलाई पनि पक्राउ गरिएको छ। त्यहाँ पछिल्ला केही दिनयता आन्दोलन जारी छ। यही कारण सरकारले सञ्चारमाध्यम-हरूलाई पनि टेढो आँखाले हेरेको अधिकारवादीहरूले जनाएका छन्। 

निजी टेलिभिजन संस्था ईटीभीको प्रसारण मंगलबार बिहानदेखि बन्द गराइएको त्यससँग सम्बद्ध एक सम्पादकले जानकारी दिएका छन्। उनका अनुसार टीभीका मालिक अब्दुस सलामलाई प्रहरीले कार्यालयमै पक्राउ गरेको छ। कुनै पनि सामग्री प्रसारणमा प्रतिबन्ध लगाइएको छ। त्यहाँ विपक्षी दलले आइतबारदेखि सरकारविरुद्ध आन्दोलन सुरु गरेको छ। यस क्रममा विपक्षी नेतृ खालिदा जियालाई उनकै कार्यालयमा नजरबन्द गरिएको छ। 

मुख्य विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी -बीएनपी)का महासचिव मिर्जा फखरुललाई आगजनी, बम प्रहार र गुन्डागर्दीको आरोपमा प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ। नेतृ जियाका छोराको भनाइ प्रसारण गरेेको आरोपमा उक्त टीभी बन्द गराइएको विपक्षीहरूले जनाएका छन्। राजधानी ढाकामै रहेको विपक्षी दलको कार्यालयमा विपक्षी नेतालाई थुनेर राखिएको छ। छोरा पनि उनीसँगै छन्। विपक्षी नेता हसिनाका छोराले नजरबन्दबाटै सरकारविरुद्धमा आफ्नो धारणा राखेका थिए। 

प्रहरीलेे भने उक्त टीभीले अश्लील खालका दृश्यहरू प्रसारण गरेकाले बन्द गराउनुपरेको धारणा राखेको छ। टेलिभिजनका सम्पादकहरूले सरकारको उक्त भनाइलाई चुनौती दिँदै त्यसको प्रमाण देखाउन भनेका छन्। विपक्षी दलले सोमबार गरेको आन्दोलनका क्रममा मारिने चार पुगेको छ। राजधानी ढाकामा पनि व्यापक आन्दोलन भएको छ। त्यहाँ गत वर्ष भएको आमनिर्वाचनको एक वर्ष पूरा भएको विरोधमा विपक्षी दलले आन्दोलन सुरु गरेको हो। 

निर्वाच्ान कम्तीमा पनि २२ वटा विपक्षी दलले वहिष्कार गरेका थिए। विपक्षी नेतृ जियाले सोमबार 'प्रजातन्त्रको हत्या भएको दिन' घोषणा गरी आफ्ना सम्पूर्ण कार्यकर्तालाई प्रदर्शनका लागि आह्वान गरेकी थिइन्। बीएनपी लगागतका दलहरूले उक्त निर्वाचन अवैधानिक भनेको छ। प्रहरीले ढाकामा प्रतिबन्ध लगाए पनि ठाउँ-ठाउँमा विरोध प्रदर्शनका प्रयासहरू भएका छन्। 

थप आक्रोशित बन्न पुगेका विपक्षीका कार्यकर्ताले ढाकामा हिंसात्मक प्रदर्शन गर्ने शंकामा सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको छ। बंगलादेशको राजधानी ढाकाको नेसनल प्रेस क्लबबाट मुख्य विपक्षी बंगलादेश नेसनल पार्टी (बीएनपी) का कार्यवाहक महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरलाई प्रहरीले पक्राउ गरी लाने क्रममा उनलाई राखिएको कारवरिपरि सञ्चारकर्मीको भीड। तस्बिर ः एपी/रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com