छ महिनामा ५ हजार बढी पर्यटक I

इलाम, १७ माघ ,

छ महिनाको अवधिमा इलाममा आन्तरिक र बाह्य गरी पाँच हजारभन्दा बढी पर्यटक भित्रिएका छन् ।

कोल्बुङस्थित किटेनीमा रहेको पर्यटन सूचना केन्द्रका अनुसार साउनदेखि पुस मसान्तसम्ममा पाँच हजार ४६४ पर्यटक इलाम भित्रिएका हुन् । यीमध्ये १४० बाह्य पर्यटक छन् ।

पर्यटकीयस्थल माईपोखरी, सन्दकपुर, रेडपाण्डा पाइने जमुनाको चोयाटार, इलामको चियाबारी, भ्यूटावरलगायतको भ्रमणका लागि आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् । सूचना केन्द्रमा जिल्लाको पर्यटकीयस्थलको बारेमा अङ्ग्रेजीमा लेखिएका पर्याप्त ब्रोसर नहुँदा बाह्य पर्यटक समस्यामा पर्ने गरेका छन् ।
अमेरिका, चीन, कोरिया, जर्मन, भारतलगायतका तेस्रो मुलुकबाट पर्यटक आउने गरेका छन् । झापा, मोरङ, धरान, सुनसरीलगायत विभिन्न जिल्लाबाट अध्ययन अवलोकनका लागि समेत आन्तरिक पर्यटक आउने गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com