अष्ट्रेलियाको पर्थमा रहेका नेपालीहरु आजित I

अष्ट्रेलिया माघ १७,

बिजय : अस्ट्रेलियाको पश्चिमी शहर पर्थका अवैतानिक महाबाणिज्यदूतका रवैयाका कारण पर्थमा रहेका नेपालीहरु आजित भएका छन् ।

नेपालीहरुको बाहुल्यता रहेको पर्थबाट ६५ किलोमिटर टाढाको दूरीमा बसोबास गर्दै आएका अवैतानिक महाबाणिज्यदूत फ्रेड ब्राउनले समय नदिएको र गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको भन्दै नेपालीहरुले गुनासो गरेका हुन् । हप्तामा दुई दिन चार–चार घण्टा कार्यालय खोलेर सेवा दिनुपर्ने भए पनि उनले हप्तामा दुई घण्टा मात्रै कार्यालय खोल्ने गरेको पर्थमा रहेका रमेश लामिछानेले बताए ।

ब्राउनको गैर जिम्मेवारीपनका कारण सानोतिनो कामका लागि पनि नेपालीहरु ५ घण्टा प्लेन चढेर अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली दूतावास पुग्नुपर्ने अबस्था छ । नेपाल सरकारले १४ महिना अघिमात्रै ब्राउनलाई पर्थका लागि अवैतानिक दूतमा नियुक्त गरेको थियो ।

उनले अहिलेसम्म एकपटक मात्र नेपाल भ्रमण गरेका छन् । न त उनले नेपालकै बारेमा केही बुझेका छन् । पर्थमा नेपालीहरुले दुःख पाउनु त छँदैछ, नेपाल प्रबद्र्धन जस्ता महत्वपूर्ण कामहरु समेत हुन सकेका छैनन् ।

‘अवैतानिक महाबाणिज्यदूतको काम नेपालको झण्डा राख्ने र भिजिटिङ कार्ड बाँड्ने मात्रै हो र ?, पर्थमा रहेका एक नेपालीको प्रश्न छ, ‘नेपाल र नेपालीको हितमा काम हुनुपर्ने हो, तर त्यस्तो हुन सकेको छैन । नेपाल सरकार गम्भीर बनोस ।’ पर्थमा रहेका नेपालीहरुले लामो समयदेखि बसिरहेका नेपाली मध्येबाट कन्सल जनरल नियुक्त गर्न माग गरेका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com