एमालेको स्वागत तथा सम्मान कार्यक्रम I

खोलेसिमल पुस ३०,

  शिशिर सिम्खडा : नेकपा एमाले जुटपानीको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम आज खोलेसिमलमा भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र बैकल्पीक केन्द्रीय सदस्य कृष्णप्रसाद खनाललाई दोसल्ला,माला र टिका लगाई सम्मान तथा स्वागत गरि एको थियो ।

चितवन स्थायी घर भएका पाण्डे पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं.१ का सभासद रहनुभएको छ भने खनाल पूर्व पार्टी जिल्ला अध्यक्ष तथा एमाले को तर्फवाट संविधान सभा निर्वाचनमा क्षेत्र नंं२ का उम्मेदवार समेत रहेका थिए ।

एमाले जुटपानी अध्यक्ष केशव लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी सदस्य विनोद रेग्मी,अनेरास्ववियु जिल्ला अध्यक्ष केशव कँडेल,क्षेत्र नंं २ का इन्चार्ज गोपि श्रे ष्ठ,गाउँ कमिटी सचिव लक्ष्मीनारायण चौलागाईले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा गाउँ कमिटी उपाध्यक्ष दिपकसिंह परियारले स्वागत मन्तव्य र ाख्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com