किन हस्तक्षेप I

हामीलाई युवा भन्छन किनकि हामी समाजलाई नयाँ तरिकाले बुझ्छौ । समाजका अन्र्तरवस्तु त्यहाका संम्भावना र चुनौति को ज्ञान मात्र होईन संम्वृधीका लागी समेत हामीले नसोचे कस्ले सोच्छ । बिगतको राजनितिक संस्कारलाई फेर्न नसक्नेहरु बिलय हुनुको बिकल्प छैन ,हिजो ०४६साल पछिका बर्षहरुको झै अहिले ०६२/०६३ पछि पनि गन्ध आउनु परिवर्तनलाई सिमित लाश हरुले सिनोमा रुपान्तरण गरेर समग्र परिवर्तन चाहने मानिसहरुको भावना माथि चोट पु¥याउनु हो।

बिषय कसैका एजेण्डाको भन्दा पनि बिद्यमान समस्याको सहि र दिर्घकालिन हलका लागी देशको सर्बोत्तम हितलाई ध्यानमा राखि राजनिति गरिनु पर्छ र यहि राजनितिको धर्म पनि हो । कुनै दल बिशेषले उठाएका एजेण्डा लागु हुनु नहुन भन्दा पनि बहुसंख्यक नेपाली हरु जसले ०६२/०६३को आन्दोलन जसमा शहरिया मध्यम वर्गले समर्थन र सकृय सहभागिता जनाउदै गाउ र झुपडीहरुले उठाएका राजनितिक एजेण्डाहरुलाई अनुमोदन गरेका थिए । ति एजेण्डाहरुमा १७ हजार नेपालीको बलिदानी भएको छ। उक्त भावनाको संम्मान हुनु पर्छ देशमा सिङ्गो शासन व्यबस्था परिवर्तन भएको अवस्था हो ।कार्यालयका होडिङ्गबोर्डहरुमा नाम फेरिनु मात्र परिवर्तन होईन।  राजसंस्थाको अन्त्यमात्र नेपाली जनताको माग थिएन यसको अन्त्य संगै समग्र व्यबस्था र बिधिको परिवर्तन जनताको माग हो ।

बिकासको बाडफाड, अवसरको बाडफाड र समान अधिकारको माग। यि जन अनुमोदित मागहरु थिए दलहरुलाई हिजो राजासहित राज्यको दोहोन गरेका थियौ तिमिहरुलाई कम भयो अव सिङ्गै तपाईहरुनै हर्सुनुस भनेर वलिदानी दिएका होईनन । मेचि देखी महाकाली सम्मको भुगोलबाट तपाईहरुले शुरुगरेको हप्ताअसुली जनताले कहिले सम्म सहने हुन हेर्न बाकि छ ।

जनताको जिवनस्तर कहा गईरहेको छ । हाम्रो देशको कुन वर्गलाई वास्तबिक परिवर्तन चाहिएको थियो त्यता तिर ध्यान जानु पर्छ । यसो भन्दै गर्दा कुनै वर्गलाई परिवर्तन चाहिने र कुनैलाई नचाहिने भन्ने होईन त्यसका लागी मानिसको जिवनस्तर,(सार्मथ्य)भाषा संस्कृती क्षेत्र उत्पादन निर्भरता संभ्याव्यता र त्यसको कार्यान्वयनको सहजता साथै बित्तिय बाडफाडका आधारमा राज्यको पुर्नसंरचना आवश्यक छ । जस्तो कुन भागको माटोको संभ्याव्यता केछ त्यहाको उत्पादनले कति त्यस क्षेत्रको आवश्यकता धान्न सक्छ , त्यहाको खनिज सम्पदा वा समग्र अध्ययन गरिनु पर्छ साथै यस बिषयमा राष्ट्रिय स्तरमा सरकार निर्वाचन आयोग राजनैतिक दलहरु र संम्वन्धित निकायहरुको निगरानीमा निश्पक्ष बिज्ञहरु मार्फत यसका राजनितिक सामाजिक र दिर्घकालिन असर र अवसरका बिषयमा बहस चलाईनु पर्छ ।

राजनितिक दहहरुलाई परिवर्तन चाहिएको थियो भने यिनको ध्यान यता तिर जानु पनि पथ्र्यो अहिले प्रतेक नेपालीहरुलाई बिदेशिन बाध्य पार्ने नेपालको राजनितिक दलहरुको गतिबिधिका बिरुद्ध नेपालीहरु जति सक्दो चाडो जाग्नु आवश्यक छ । यो देश कुनै राजनितिक पार्टीको खेल्ने मैदान होईन यहा देश र जनताको जिवन जर्जर भइरहेको यस्तो अवस्थामा पार्टीका एजेण्डाका फाईल बोक्दै कहिले कुनै रिर्सोट कहिले कुनै होटलमा बसेर देशको भबिश्य संग तपाईहरुका पार्टीगत एजेण्डा मिलाउने अधिकार कसले दियो ?

यहा राजनैतिक दलका लहडको शिकार देश बन्ने अवस्था आयो यसको खवरदारी जनस्तरबाट शुरु गर्नु आवश्यक छ । खवरदारी गर्न र जनस्तरमा भ्रम छर्न परिवर्तन बिरोधिहरुका कतिपय अभियान समाजमा छताछुल्ल अवस्थामा छरिएका छन यसकारण पनि परिवर्तन चाहने समुदाय सचेत र चनाखो भई अगाडी बढनु आवश्यक छ । यहा जातिय धार्मीक भडकावमा आफ्नो भविश्य सुनिश्चित पारेर बसेका पनि छन अहिलेकै अवस्थाको निरन्तरताको पनि अभ्यास भईरहेको छ । कसैलाई सत्ताको भत्ता गुम्ने आतंक वा पाउने आश पनि होला यहा व्यापारीहरुको हुल राजनिति सत्ता र त्यसका वरिपरि भएको हुदा देशमा जनता प्रतेक घरबाट जाग्नु आवश्यक छ । 
- बलदेव भट्ट ( bhatt.baldev@yahoo.com )
लेखक - अखिल नेपाल संञ्चार छापाखाना र प्रकाशन मजदुर संघ केन्द्रिय अध्यक्ष हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com