सोनिया युनिक्याम्प मिस नर्स नेपाल २०७१’ I

काठमान्डू पुष २०,

‘युनिक्याम्प मिस नर्स नेपाल २०७१’ को उपाधि सोनिया आचार्यले जितेकी छन् । ४५ प्रतियोगीलाई पछि पर्दै उनले उपाधि आफ्नो कब्जामा पारेकी हुन् ।

‘त्यस्तो कार्य बताउनुस् जुन तपाइले मिस नर्स नेपाल भएर अझ प्रभावकारी रुपमा गर्न सक्नुहुन्छ । जुन मात्र एउटी नर्स भएर गर्न सहज नहोला ? निणार्यकले सोधेको यो प्रश्नको उत्कृष्ट जवाफ दिदै आचार्यले उपाधि आफ्नो पोल्टामा परेकी हुन् । उनले शिर्ष उपाधिका साथै नेक्स्ट मोडल नेपालको एम्बेसडर र अब्रोड स्टडिजका लागी स्कलरशिप समेत हात पारिन् ।

१९ पुसमा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न प्रतियोगितामा आश्रा रजक फष्ट रनर अफ र मिस फोटोजेनिक चुनिइन भने श्रीदेवी शर्मा सेकेन्ड रनरअप र मिस सोसल वर्कर घोषित भइन् । नर्सिङ पेशामा आबद्ध युवतीहरुलाई समाजप्रति थप उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक नेक्स्ट मोडल नेपालको दाबी छ । source-himalkhabar.com

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com