पूर्वाञ्चल बन्दले झापा जिल्लामा यातायात ठप्प I

भद्रपुर, २५ पुस ,

नेकपा–माओवादीसहितका दलले आज गरेको पूर्वाञ्चल बन्दले झापा जिल्लामा यातायात ठप्प भएको छ । बन्दका कारणले लामो तथा छोटो दूरीका यातायातका साधन राम्ररी नचले पनि दमक, विर्तामोड, धुलाबारी, काँकरभिट्टा, भद्रपुर, चन्द्रगढीलगायतका बजार क्षत्रमा भने बन्दको खासै प्रभाव परेको छैन ।

नयाँ संविधान निर्माणमा फरक विचार राखेर गरिएको बन्दका कारणले सरकारी कार्यालयहरुमा सेवाग्राहीको न्यून उपस्थिति छ । सडकमा रिक्सा, ठेला, मोटरसाइकल र एम्बुलेन्स निर्वाधरुपमा चलेका छन् । जिल्लाका उद्योगी तथा व्यापारीले बन्दको विरोध गरेर विकल्पको बाटो रोज्न राजनीतिक दललाई आग्रह गरेका छन् । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com