काठमान्डू माघ ११,
नारीदर्पण : नेपाली मुक्तकको विकास र विस्तारमा लागेको नेपाल मुक्तक प्रतिष्ठानले हङकङमा हालै
पहिलो पटक "मुक्तक मेला - २०१५" सम्पन्न गर्यो ।
मेलामा मुक्तककार रामकाजी कोने (गुरुङ) र रमेश पौडेलले दर्जनौ मुक्तक सुनाउनु भयो । प्रतिष्ठानको स्थापना देखि नै नवीनतम सोच राखेर कार्यक्रमहरू सञ्चालन गर्दै आईरहेको संस्थाले सिर्जनाबाट पनि सहयोगी हात बढाउन सकिन्छ भन्ने मान्यता अनुरुप सुदूरपश्चिमको बाढी र सुनकोशीको पहिरो पिडितलाई पनि सहयोग रकम जुटाएको थियो ।
नेपालीहरूको पाईला टेकिएको ठाउँमा नेपाली मुक्तक पुगोस् भन्ने अभ्रि्रायले प्रतिष्ठानले वैदेशिक शाखाको विस्तार पनि गर्दै आएकोछ । इजराय र मलेशियामा शाखा विस्तार भई सकेको छ भने बेलायत र द. कोरियामा पनि शाखा गठन हुँदैछ । हङकङ, जोर्डनफेरीस्थित दर्शक र श्रोताले खचाखच भरिएको नमोबुद्ध सभाहलमा कोने र पौडेलले विभिन्न भावका थुप्रै मुक्तक सुनाउनु भयो ।
हङकङ आवत जावत गरिरहने बहुआयामिक व्यक्तित्व कोनेको साहित्यिक परिचय दिँदै मुक्तककार पौडेलले "मुक्तक मेला र मुक्तकमन्त्र" प्रकाशित गरिसक्नु भएका रामकाजी कोनेका रसिला, कसिला र चोटिला मुक्तक सुनेपछि अलगै व्यक्तिका रूपमा चिन्नुहुनेछ । सह आयोजक रहेको नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्वाहाम्फेले स्वागत मन्तव्य दिएपछि शुरु भएको मुक्तक मेलामा मुक्तककार कोनेले भूमिका सहित ३ दर्जन मुक्तक सुनाउनु भयो ।
कोनेको पृथक वाचन शैलीले श्रोतालाई खिचिरह्यो, ताली बजिरह्यो । हङकङ टेक्नुको सर्न्दर्भदेखि समाजका विकृति, विसङ्गति उहाँका मुक्तकका विषय थिए । अध्यक्ष कोनेले महासचिव पौडेलको साहित्यिक परिचय दिए पछि पौडेलको मुक्तक वाचन शुरु भएको थियो । बार्ह वर्ष पछि तेश्रो पटक हङकङ पग्नुभएका पौडेललेे - "बार्ह वर्षामा खोलो हैन, ङोलो फर्क्यो" भन्दै देशकै संविधानको चिन्ता र चासो, जनजिन्दगीका विषयका मुक्तक सुनाउनु भयो ।
साङ्गीतिक र साँस्कृतिक कार्यक्रममै झुम्मिरहेका हङकङेली श्रोता भन्दै थिए, मुक्तकको स्वाद पहिलो पटक चाख्न पाईयो । यसलाई प्रतिष्ठानले निरन्तरता दिनु पर्छ । मेलामा हङकङका र्सजक टंक सम्वाहाम्फे, चन्द्र मादेन आञ्छन र बज्रकुमार र्राईले पनि मुक्तक सुनाउनु भएको थियो ।
मुक्तक मेलाबाट उठेको १ लाख ६४ हजार रुपैया प्रतिष्ठानको अक्षय कोषमा जम्मा गरिने जानकारी अध्यक्ष कोनेले दिनु भएको छ । मेला सफल पार्न सहयोग गर्ने हङकङ का नेपाली संघ, संस्था र व्यक्तिहरुलाई प्रतिष्ठानका अध्यक्ष कोनेले कदर पत्रद्वारा सम्मान गर्नु भयो ।