एनआरएन अध्क्षय शेष घलेलाई अमेरिकामा व्यापक प्रशंसा I

डिसी माघ ७,

विजय थापा : अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासा(नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका)ले दूर सञ्चार प्रणालीको माध्यमबाट आयोजनामा गरेको अन्तरक्रिया कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रियका अध्क्षय शेष घलेको समय अवधि भर सहभागीले मुक्त कण्ठले व्यापक प्रशंसा गरेका छन्  l

करिब डेढ घण्टा सम्म निरन्तर चलेको उक्त अन्तरक्रिया कार्यक्रममा निक्कै रोचक तथा सूचना मुलक भएको एन आर एन अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले बताए  l

उक्त कार्यक्रममा अध्क्षय घले संग अधिकांस सहभागीले वहाले हालसालै एक अरबको अक्षय कोष खडा गरेको बारेमा केन्द्रित भएता पनि सहभागीले उक्त महान कार्यको गुनगान गाउन सबैले भ्याए  l

करिब नब्बे मिनट सम्म चलेको अन्तरक्रिया कार्यक्रममा अध्क्षय घलेले सबैको उत्तर समय अपुग भएको थियो l सहभागीहरुले अध्क्षय शेष घले संग अर्को अझ अन्तरक्रियात्मक कार्यक्रमको व्यवस्था मिलाईयोस भनि आग्रह आएको र कार्यक्रम संयोजक डा नर काजी गुरुङलले पुन अर्को अन्तरक्रिया कार्यक्रम मिलाउने प्रतिबद्धता जाहेर गरेका छन् l

अध्क्षय घलेले समयले भ्याए सम्म सबैको उत्तर गम्भीरता पुर्वक दिनु भएको थियो  भने सहभागीले एनआरएनको सेरोफेरोमा ज्यादा केन्द्रित भएता पनि संविधानमा दोहोरो नागरिकता ,माघ ८ मा संविधान जारी हुने या नहुने तथा विविध विषयमा जिज्ञासा आएको थियो l

अध्क्षय घलेले तयारीको साथ आउनु भएकोले सबै जानकारी दिदै भर्खर काठमाडौँमा घडेरी किनेको र छिट्टै शिलन्यास हुने बताउनु भएको थियो l  र ,अमेरिकाले उक्त भवन निर्माणमा ठुलो आर्थिक सहयोग जुटाएकोले अमेरिकाको प्रसंशा गरेका थिए l

उक्त अन्तरक्रिया कार्यक्रम नासाका जनसम्पर्क समितिका संयोजक  नर काजि गुरुङले अध्क्षय घलेको परिचय गर्नुको साथै वहाले गरेका बिबिध गतिबिधि बारेमा जानकारी गराउनु भएको थियो l

र ,कार्यक्रममा अध्क्षय शेष घले तथा एन आर एन अमेरिकाका अध्क्षय खगेन्द्र जिसीले पनि आफ्नो परिचय गर्दै सहभागी हुने सबैलाई एनआरएन को सदस्यता लिन उत्प्रेरणा गर्नु भएको थियो भने कार्यक्रम संचालन अमेरिकाका वरिष्ठ उपाधक्ष्य लोकनाथ तिवारीले गरेका थिए l

उक्त सञ्चार माध्यमबाट गरिएको अन्तरक्रिया कार्यक्रममा सवालहरू धेरै पटक एकै खाले हुन् पुगेको थियो भने प्रश्नकर्ताहरु क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट रहेको कार्यक्रम सञ्चालक डा नर काजि गुरुङले जानकारी गराए l

उक्त कार्यक्रममा संस्थाका सभापति राम चन्द्र बरालले सहभागी तथा अतिथि सबैलाई स्वागत गर्दै एनआरएन को अहिलेको गति तथा अध्क्षय घलेले गरेको कामको निकै तारिफ गर्नु भएको थियो l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com