घरेलु हिंसाबाट पीडित मुस्लिम तथा मधेसी महिला जागरुक हुँदै I

नेपालगन्ज, ८ माघ ,

वर्षांैदेखि आप्mनो पतिको शारीरिक र मानसिक शोषण चुपचाप सहँदै चुइँक्क नबोल्ने बाँके जिल्लाका घरेलु हिंसापीडित मुस्लिम तथा मधेसी समुदायका महिला अहिले त्यस विरुद्ध जागरुक मात्र नभई सङ्गठितसमेत हुँदै गएका छन् । 

‘मेरो विवाह १२ वर्षको उमेरमा भएको हो, १४ वर्ष पुगेपछि पतिको घरमा आएदेखि मैले दिनरात पिटाइ खानु परेको थियो, सामाजिक संस्थाले गाउँमा घरेलु हिंसाविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरेपछि अहिले म त्यस विरुद्ध सङ्गठित भएकी हुँ’ – इन्द्रपुर गाविस–६ बञ्जारेगाउँकी २८ वर्षीया मुस्लिम आमना बागवानको दह्रो भनाइ थियो । आमना मात्र नभई अहिले त्यस गाउँका सयाँै मुस्लिम तथा मधेसी समुदायका महिला घरेलु हिंसाविरुद्ध जुर्मुराएका मात्र छैनन्, गाउँमा कसैले महिलामाथि हिंसा गर्ने प्रयास ग¥यो भने उनीहरु त्यस विरुद्ध माहुरीको गोला जस्तै खनिने गरेका छन् । 

‘यो परिवर्तन हामीमा त्यसै आएको होइन, महिला अधिकारका क्षेत्रमा क्रियाशील फातिमा फाउन्डेसन संस्थाले गाउँमा घरेलु हिंसाविरुद्ध कार्यक्रम सञ्चालन गरेपछि यहाँका घरेलु हिंसापीडित महिलामा अहिले अधिकारको लडाइँ लड्नुपर्छ भन्ने जागरण पलाएको हो’ – अर्की घरेलु हिंसापीडित मधेसी समुदायकी महिला रमावती कुर्मीले भनिन् । रमावतीलाई उनका पतिले मात्र नभई सबै घरपरिवारले अहिले घरमा प्रवेश गर्न दिएका छैनन् । 
उनी अहिले आप्mनै माइती घरमा बस्छिन् र अन्य महिलासँग घरेलु हिंसाविरुद्ध सङ्गठित भएर आप्mनो र अरूको अधिकारको लडाइँसमेत लडिरहेकी छन् । फातिमा फाउन्डेसनले इन्द्रपुर गाविसमा अहिले विशेषतः घरेलु हिंसापीडित मधेसी तथा मुस्लिम समुदायका महिलालाई समेटेर उनीहरुमा जागरण ल्याउने प्रयास गरिरहेको छ भने त्यस्ता महिलाको आर्थिक विकासमा टेवा पु¥याउन रोजगारमूलक व्यवसाय सञ्चालनमा समेत सहयोग पु¥याउँदै आएको छ । 

फाउन्डेसनले ती महिलाका लागि सिलाइकटाइ तालिम, महिला समूह कोष निर्माण र सहकार्यमूलक नेतृत्व र संवाद, अनौपचारिक शिक्षालगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो गाउँका घरेलु हिंसापीडित महिला नसिबुँल जँहा, जन्नतुल बेहना, गरिबा पठान लगायत ५० जना महिलाले समूह बचत कोष खडा गरी पालैपालो कोषवाट समूह सदस्यलाई ऋण लगानीसमेत गर्दै आएका छन् । हिंसापीडित महिलामा आएको जागरणले त्यस गाउँका पुरुषमा पनि महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । 

बारिसअली बागवानले भने – ‘आप्mनो पत्नीलाई मैले धेरै पिटे, शोषण गरे तर फाउन्डेसनले सहकार्यमूलक संवादमा पुरुषलाई पनि सहभागी बनाएपछि महिलाको अधिकार, उनीहरुको भूमिका र महत्वलाई बुझेँ । मेरो र मेरी श्रीमती आमनाको सम्बन्ध अहिले धेरै राम्रो छ ।’ अहिले सो गाउँमा फाउन्डेसनले त्यहाँका महिलालाई महिला अधिकार, कानुनी उपचारको व्यवस्था, परामर्श, अधिकार तथा कर्तव्यको बोधका विषयमा तालिम तथा अभिमुखीकरणसमेत गर्दै आएको छ । 

मधेसी तथा मुस्लिम समुदायमा बालविवाहको प्रचलनले जरो गाडेकाले घरेलु हिंसाको एउटा प्रमुख कारण बालविवाह बनिरहेको छ । इन्द्रपुर गाविसका प्रायः सबै घरेलु हिंसापीडित महिलाको १० देखि १४ वर्ष उमेरभित्र बालविवाह भएको पाइन्छ । ‘यदि हामीले बालविवाह गर्न हुन्न भन्ने चेतना आफ्नो समुदायका परिवारमा फैलाउन सक्यौं भने मात्र पनि घरेलु हिंसामा पक्के कमी आउनेछ’ – सामाजिक परिचालिका शाहिदा शाह भन्छिन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com