फ्रान्समा भएको हमलामा अल कायदा समुहले स्वीकारे I

दुबई माघ २ ,

यमनको अल कायदा समूहले अनलाइनमा भिडियोमार्फत् प|mान्समा आक्रमण गरेको दाबी गरेको छ । उक्त समूहले फ्रान्सेली साप्ताहिक पत्रिका शार्ली एब्डोमा धर्मगुरु मोहम्मदको व्यंग्यचित्र छापेका कारण बदला लिएको दाबी गरेको छ । 

समूहका एक नेता नासेर अल आन्सीले 'पेरिसमा भाग्यशाली युद्धका विषयमा सन्देश' शीर्षकमा उक्त भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा अल कायदा इन द अरेबियन पेनिनसुला -एक्यूएपी) ले 'अल्लाहको सन्देशवाहकका लागि बदलाको रूपमा कारबाही गरेको' उल्लेख छ । एक्यूएपी सन् २००९ मा गठन भएको हो । यो अल कायदाको यमनी तथा साउदी समूह मिलेर बनेको हो । 

वासिङ्टनले यसलाई विश्वव्यापी जिहादी सञ्जालको सबैभन्दा डरलाग्दो शाखाको रूपमा लिएको छ र समूहका नेतामाथि निरन्तर चालकविहीन विमानद्वारा आक्रमण गरिरहेको छ । आन्सीले उक्त आक्रमणका लागि सञ्जालका मुख्य नेता ऐमान जवाहिरीले आदेश दिएको उल्लेख गरेका छन् । उनले एक्यूएपीका नेताहरूले लक्ष्य छनोट गरी योजना तयार पारेको र कोषको समेत व्यवस्था गरेको बताएका छन् । 

आक्रमणमा पत्रिकामा कार्यरत १२ व्यक्तिको हत्या भएको थियो । शार्ली एब्डो हारालुछ जिहादी आक्रमणमा सम्पादकीय विभागका कर्मचारीहरू गुमाएको शार्ली एब्डोको नयाँ संस्करण फ्रान्समा बुधबार केही घन्टामै बिक्री भयो । उक्त संस्करण प्राप्त गर्न पत्रिका बिक्री केन्द्रमा मानिसहरू लाइनै लागे । व्यंग्यात्मक पत्रिकाले एकपटक फेरि धर्मगुरु मोहम्मदलाई प्रथम पृष्ठमा स्थान दिएको छ । यसपटक धर्मगुरुको आँखामा आँसु देखाइएको छ भने उनले 'म चार्ली हुँ' (ज स्वी शार्ली) भन्ने सन्देशसमेत दिएका छन् । मुख्य शीर्षक 'सबैलाई माफ गरिएको छ' भन्ने छ । 

पेरिसका धेरै बासिन्दा सबेरैदेखि पत्रिका किन्न ढुकेका थिए । यो संस्करण ५० लाख प्रति छाप्ने योजना छ । पहिलोपटक ७ लाख प्रति छापिएको छ । ५८ वषर्ीर्या चिकित्सक क्याथि्रन बोनिफेस रित्तो हात फर्किन । उनले यो संस्करणबाट शार्ली एब्डो निडर देखिएको टिप्पणी गरिन् । 

सिरिया तथा इराकको इस्लामिक स्टेट समूहले मोहम्मदको अर्को व्यंग्यचित्र प्रकाशन गर्ने निर्णय अति मुख्र्याइँपूर्ण भएको दाबी गरेको छ । यस पत्रिका तथा यहुदी विशाल बजारमा आक्रमण गर्ने तीन बन्दुकधारीमध्ये कम्तीमा एकजना यसै समूहसँग सम्बन्धित रहेको बताइएको छ । यमनको अल कायदाले बुधबार उक्त पत्रिकामा भएको आक्रमणको जिम्मेवारी लिएको छ । 

आक्रमणकारी सइद तथा सेरिफ कौची दाजुभाइले यसै समूहसँग तालिम लिएका थिए । मुसलमानहरूका नेताले नयाँ व्यंग्यचित्रको आलोचना गरेका छन् । इजिप्टको सरकारी सहयोगमा सञ्चालन भएको इस्लामी संस्था दार अल-इफ्ताले नयाँ संस्करणले फ्रान्सेली तथा पश्चिमी समाजमा घृणाको नयाँ तरंग आउने दाबी गरेको छ । प|mान्सेली मुसलमान नेताहरूले उनीहरूको समुदायलाई शान्त रहन तथा भावनात्मक प्रतिक्रिया नदिन आग्रह गरेका छन् । 

व्यंग्यकार डायुडोन एमबाला एमबालाले फेसबुकमा 'आफूले शार्ली कुलीबाली जस्तै अनुभव गरेको' लेखेपछि प्रहरीले उनलाई पक्राउ गरेका छन् । उनले 'ज स्वी शाली' र विशाल बजारमा महिला प्रहरीलाई मार्ने अमेदी कुलीबालीको नामलाई जोडेर लेखेका थिए । (एजेन्सी)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com